१ साउन, हेटौँडा । हेटौँडाका १५ विद्यालयले शिक्षक सिकाई सहयोग अनुदान प्राप्त गर्ने भएका छन् । ति विद्यालयले शैक्षिक सत्र २०७६ का लागि शिक्षक व्यवस्थापन गर्न उक्त रकम प्राप्त गर्ने भएका हुन् ।
हेटौँडा नगरका ९ आधारभुत र ६ माध्यमिक विद्यालयले अनुदान प्राप्त गर्ने हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका उपसचिव पूर्णबहादुर अछामीले जनाए । माविलाई ३ लाख ६६ हजार रुपैँया र आधारभुत तहका विद्यालयहरुलाई २ लाख ८२ हजार रुपैँयाका दरले अनुदान प्रदान गर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ ।
अनुदान प्राप्त गर्ने विद्यालयमा विश्वज्योति आधारभुत विद्यालय हेटौँडा–१५, वनदेवि आधारभुत विद्यालय हेटौँडा–१४, सु–प्रभात आधारभुत विद्यालय हेटौँडा–१४, कालिका आधारभुत विद्यालय हेटौँडा–१३, कमला आधारभुत विद्यालय हेटौँडा–१८, लक्ष्मी आधारभुत विद्यालय, हेटौंडा–१७, शंकर ज्योति आधारभुत विद्यालय हेटौँडा–११, पशुपति आधारभुत विद्यालय हेटौँडा–१२ र त्रिवेणी आधारभुत विद्यालय हेटौँडा–९ रहेका छन् ।
मावितर्फ अमर मावि हेटौँडा–१, भृकुटी मावि हेटौँडा–१२, अरनिको मावि हेटौँडा–१९, बाल उज्जवल मावि हेटौँडा–३, गोरक्षनाथ मावि हेटौँडा–१८ र राजदेवी मावि हेटौँडा–१७ रहेका छन् ।
शिक्षण सिकाई सहयोग अनुदान बापत गणित÷विज्ञान÷अंग्रेजी विषयको शिक्षक नियुक्ति प्रक्रिया शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ९६(क), ९७ बमोजिम हुने जनाउँदै महाशाखाले नियुक्त भएका शिक्षकलाई मावि तहतर्फ मासिक ३० हजार ५ सय रुपैंया र आधारभुततर्फ २३ हजार ५ सय रुपैँया उपलव्ध गराउन भनिएको छ ।
अनुदान उपलव्ध गराउन लागिएको रकम शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट अनुदान वितरणका लागि वित्तीय हस्तान्तरण भई आएको जनाईएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















