Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रिलायन्समा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

1-1563362470.jpg

१ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डीङ स्कुलमा बुधबार विद्यार्थीहरुका लागी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
हेटौँडा युवा अभियान, मकवानपुर र जिल्ला ट्राफिक कार्यलयको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला ट्राफिक कार्यलय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक हरि विष्णु ढकालले दैनिक जसो हुने सडक दुर्घटना न्युनिकरणका लागी विद्यालय स्तरमा गरिएका कार्यक्रम प्रभावकारी हुने बिश्वास व्यक्त गरे । विभिन्न समयमा सडक दुर्घटनामा विद्यार्थीहरुले समेत ज्यान गुमाउँने गरेको जानकारी गराउँदै ट्राफिक नियमको पालनाले सडक प्रयोग गर्दा सुरक्षित रहन मद्दत पु¥याउँने बताए ।
यस्तै कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमले ट्राफिक प्रहरीलाई सहयोग पुग्ने बताए । जान्दा जान्दै पनि कति समयमा दुर्घना निम्तिने गरेको बताउँदै प्रिन्सिपल श्रेष्ठले यस्ता कार्यक्रमले सडक र सवारी प्रयोगकर्ताहरुलाई सचेत हुन प्रेरित गर्ने उल्लेख गरे ।
विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी रहेको कार्यक्रममा सडक दुर्घटनाका मुख्य कारण, समस्या र समाधानका विषयमा जनकारी गराइएको थियो ।
हेटौँडा युवा अभियानका अध्यक्ष शशि शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यलयका प्रहरी निरिक्षक सन्तोष श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठ, विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यलयका काशी थापा र इन्द्र पन्तले सहजिकरण गरेका थिए ।    

 

11final-1563362475.jpg
111-1563362476.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरगढीमा मोटरसाइकल पल्टिदा दुई जना गम्भीर घाइते
images-1715755255.jpg

२ जेठ, हेटौंडा। आइतबार राति मकवानपुरगढी वडा नम्बर २ मा मोटरसाइकल पल्टिदा दुई जना घाईते भएका छन।  मकवानपुरगढि २...

चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने
Screenshot_20240515_09044-1715743200.jpg

२ जेठ, हेटौंडा । चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसमा पत्रकार र कलाकर्मीलाई सम्मान गर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज पनि बहस हुँदै
sandip-1-1715735782.jpg

२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज...

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
20221157864_dubeko-1715735474.jpg

२ जेठ, हेटौंडा । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–७...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715734377.jpg

२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  बागमती, गण्डकी, लुम्बिनी र...

मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

थप समाचार