१ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डीङ स्कुलमा बुधबार विद्यार्थीहरुका लागी ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
हेटौँडा युवा अभियान, मकवानपुर र जिल्ला ट्राफिक कार्यलयको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला ट्राफिक कार्यलय मकवानपुरका प्रमुख प्रहरी निरिक्षक हरि विष्णु ढकालले दैनिक जसो हुने सडक दुर्घटना न्युनिकरणका लागी विद्यालय स्तरमा गरिएका कार्यक्रम प्रभावकारी हुने बिश्वास व्यक्त गरे । विभिन्न समयमा सडक दुर्घटनामा विद्यार्थीहरुले समेत ज्यान गुमाउँने गरेको जानकारी गराउँदै ट्राफिक नियमको पालनाले सडक प्रयोग गर्दा सुरक्षित रहन मद्दत पु¥याउँने बताए ।
यस्तै कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमले ट्राफिक प्रहरीलाई सहयोग पुग्ने बताए । जान्दा जान्दै पनि कति समयमा दुर्घना निम्तिने गरेको बताउँदै प्रिन्सिपल श्रेष्ठले यस्ता कार्यक्रमले सडक र सवारी प्रयोगकर्ताहरुलाई सचेत हुन प्रेरित गर्ने उल्लेख गरे ।
विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी रहेको कार्यक्रममा सडक दुर्घटनाका मुख्य कारण, समस्या र समाधानका विषयमा जनकारी गराइएको थियो ।
हेटौँडा युवा अभियानका अध्यक्ष शशि शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यलयका प्रहरी निरिक्षक सन्तोष श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठ, विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यलयका काशी थापा र इन्द्र पन्तले सहजिकरण गरेका थिए ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















