Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कानून विपरित सभामुख र अध्यक्षलाई सुरक्षाकर्मी

Krishna-Bdr-1563415038.jpg

२ साउन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले कानुनले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभाका अध्यक्षले भन्दा पनि बढी सुरक्षाकर्मी खटाइएको छ।

सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उही हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन्। दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिए पनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन्। दुवै पदाधिकारीको अगुवा पछुवा र क्वाटरमा सो संख्यामा सुुरक्षाकर्मी खटिएको समाचार नागरिक दैनिकमा छ ।

संघीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन २०७३ ले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई १२÷१२ जना सुरक्षाकर्मी राख्न पाउने व्यवस्था गरेको छ। दुवै पदाधिकारीलाई १० जना सिपाही, १ जना अंगरक्षक र १ जना विल्लादार गार्ड गरी १२ जना सुरक्षाकर्मी पाउने व्यवस्था ऐनले गरेको छ।

सभामुख महराका लागि नेपाली सेनाका सहसेनानी १ जना, जमदार १ जना, हुद्दा २ जना, प्युठ ६ जना, अमल्दार १ जना, सिपाही ६ जना गरी सैनिक तर्फ १७ जना खटिएका छन्। उनका लागि प्रहरीतर्फ प्रहरी नायब निरीक्षक ७ जना, प्रहरी हवल्दार १ जना, जवान ३ जना गरी ११ जना खटिएका छन्। सभामुखका लागि सेना र प्रहरी गरी कुल २८ जना सुरक्षाकर्मी अगुवा पछुवा तथा क्वाटरमा खटिएका हुन्।

राष्ट्रियसभा अध्यक्षका लागि १ जना नेपाली सेनाका सहसेनानी, सुवेदार १ जना हुद्दा २, अमल्दार १ , प्यूठ ३ जना, सिपाही ७ गरी सेना तर्फ १५ जना खटिएका छन्। प्रहरी तर्फ प्रहरी नायब निरीक्षक ३ जना, प्रहरी हवल्दार १ जना, प्रहरी जवान २ जना गरी जम्मा ६ जना खटिएका छन्। राष्ट्रियसभा अध्यक्षका लागि सेना र प्रहरी गरी २१ जना अगुवा पछुवा तथा क्वाटरमा खटिएका छन्। राष्ट्रियसभा उपाध्यक्षका लागि जमदार १ जना, प्रहरी सहायक निरीक्षक २ जना, हुद्दा १ जना अमलदार १, प्युठ १, सिपाही १ गरी ७ जना सुरक्षाकर्मी खटिएका छन् ।

उपसभामुखका लागि जमदार १ जना, हुद्दा १ जना, प्युठ १ जना, गनर २ गरी ५ जना खटिएका छन्। सभामुख र राष्ट्रियसभाका अध्यक्षका लागि सुरक्षा थ्रेड छ भनेर संसद्बाट कुनै औपचारिक जानकारी नगएको स्रोतले बतायो। आफ्नै विश्लेषणबाट आफै सुरक्षा थ्रेड भएको महसुस गरी सुरक्षा माग गरेको वा शक्तिको रूपमा सुरक्षाकर्मी बढाएको हो यस कुरा भने स्पष्ट नभएको स्रोतले बतायो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार