Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कानून विपरित सभामुख र अध्यक्षलाई सुरक्षाकर्मी

Krishna-Bdr-1563415038.jpg

२ साउन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले कानुनले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ । तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभाका अध्यक्षले भन्दा पनि बढी सुरक्षाकर्मी खटाइएको छ।

सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उही हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन्। दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिए पनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन्। दुवै पदाधिकारीको अगुवा पछुवा र क्वाटरमा सो संख्यामा सुुरक्षाकर्मी खटिएको समाचार नागरिक दैनिकमा छ ।

संघीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी ऐन २०७३ ले सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई १२÷१२ जना सुरक्षाकर्मी राख्न पाउने व्यवस्था गरेको छ। दुवै पदाधिकारीलाई १० जना सिपाही, १ जना अंगरक्षक र १ जना विल्लादार गार्ड गरी १२ जना सुरक्षाकर्मी पाउने व्यवस्था ऐनले गरेको छ।

सभामुख महराका लागि नेपाली सेनाका सहसेनानी १ जना, जमदार १ जना, हुद्दा २ जना, प्युठ ६ जना, अमल्दार १ जना, सिपाही ६ जना गरी सैनिक तर्फ १७ जना खटिएका छन्। उनका लागि प्रहरीतर्फ प्रहरी नायब निरीक्षक ७ जना, प्रहरी हवल्दार १ जना, जवान ३ जना गरी ११ जना खटिएका छन्। सभामुखका लागि सेना र प्रहरी गरी कुल २८ जना सुरक्षाकर्मी अगुवा पछुवा तथा क्वाटरमा खटिएका हुन्।

राष्ट्रियसभा अध्यक्षका लागि १ जना नेपाली सेनाका सहसेनानी, सुवेदार १ जना हुद्दा २, अमल्दार १ , प्यूठ ३ जना, सिपाही ७ गरी सेना तर्फ १५ जना खटिएका छन्। प्रहरी तर्फ प्रहरी नायब निरीक्षक ३ जना, प्रहरी हवल्दार १ जना, प्रहरी जवान २ जना गरी जम्मा ६ जना खटिएका छन्। राष्ट्रियसभा अध्यक्षका लागि सेना र प्रहरी गरी २१ जना अगुवा पछुवा तथा क्वाटरमा खटिएका छन्। राष्ट्रियसभा उपाध्यक्षका लागि जमदार १ जना, प्रहरी सहायक निरीक्षक २ जना, हुद्दा १ जना अमलदार १, प्युठ १, सिपाही १ गरी ७ जना सुरक्षाकर्मी खटिएका छन् ।

उपसभामुखका लागि जमदार १ जना, हुद्दा १ जना, प्युठ १ जना, गनर २ गरी ५ जना खटिएका छन्। सभामुख र राष्ट्रियसभाका अध्यक्षका लागि सुरक्षा थ्रेड छ भनेर संसद्बाट कुनै औपचारिक जानकारी नगएको स्रोतले बतायो। आफ्नै विश्लेषणबाट आफै सुरक्षा थ्रेड भएको महसुस गरी सुरक्षा माग गरेको वा शक्तिको रूपमा सुरक्षाकर्मी बढाएको हो यस कुरा भने स्पष्ट नभएको स्रोतले बतायो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार