Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेसले विपदबाट मृतक परिवारलाई २५ हजार राहत दिने

2-(1)-1563453576.jpg

२ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई २५/२५ हजार रुपैँया राहत उपलव्ध गराउने भएको छ ।
बिहिबार बसेको नियमित जिल्ला बैठकमा कांग्रेसले बाढिपहिरोमा परी मृत्यु भएका मकवानपुरका ५ जनाको परिवारलाई नगद २५ हजार रुपैँयाको दरले सहयोग गर्ने निर्णय गरेको हो । जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले पीडित परिवारमा समवेदना व्यक्त गरेको छ । कांग्रेसले पीडित परिवारलाई तत्काल राहत उपलव्ध गराउन सरकारसंग माग समेत गरेको छ ।

जननायक वीपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने भएको छ । स्मृति दिवसमा नेविसंघ मकवानपुरले साउन ४ गते पार्टी कार्यालयमा विहान ११ वजे विचार गोष्ठी गर्ने भएको छ भने कांग्रेस ३ नम्बर क्षेत्रीय समितिले साउन ५ गते विहान ८ बजे हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै साउन ६ गते वीपी विचार समाजको आयोजनामा हेटौंडा–११ मा रहेको वीपी बाटिकामा विहान वृक्षारोपण र दिउँसो कांग्रेस मकवानपुर र वीपी फाउण्डेशन काठमाडौंको आयोजनामा मध्यान्ह १२ बजे विचार गोष्ठी र साउन ७ गते विहान ७ः३० बजे नेपाल तरुण दलले बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने कांग्रेस मकवानपुरको बैठकले निर्णय गरेको छ ।

बैठकले कांग्रेस मकवानपुरका जिल्ला सदस्य महेन्द्र राउतको पिता तथा कांग्रेस हेटौंडा १ का सचिव बमबहादुर राउतको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार