Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसले विपदबाट मृतक परिवारलाई २५ हजार राहत दिने

2-(1)-1563453576.jpg

२ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई २५/२५ हजार रुपैँया राहत उपलव्ध गराउने भएको छ ।
बिहिबार बसेको नियमित जिल्ला बैठकमा कांग्रेसले बाढिपहिरोमा परी मृत्यु भएका मकवानपुरका ५ जनाको परिवारलाई नगद २५ हजार रुपैँयाको दरले सहयोग गर्ने निर्णय गरेको हो । जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै कांग्रेसले पीडित परिवारमा समवेदना व्यक्त गरेको छ । कांग्रेसले पीडित परिवारलाई तत्काल राहत उपलव्ध गराउन सरकारसंग माग समेत गरेको छ ।

जननायक वीपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने भएको छ । स्मृति दिवसमा नेविसंघ मकवानपुरले साउन ४ गते पार्टी कार्यालयमा विहान ११ वजे विचार गोष्ठी गर्ने भएको छ भने कांग्रेस ३ नम्बर क्षेत्रीय समितिले साउन ५ गते विहान ८ बजे हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने बैठकले निर्णय गरेको छ ।

त्यस्तै साउन ६ गते वीपी विचार समाजको आयोजनामा हेटौंडा–११ मा रहेको वीपी बाटिकामा विहान वृक्षारोपण र दिउँसो कांग्रेस मकवानपुर र वीपी फाउण्डेशन काठमाडौंको आयोजनामा मध्यान्ह १२ बजे विचार गोष्ठी र साउन ७ गते विहान ७ः३० बजे नेपाल तरुण दलले बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने कांग्रेस मकवानपुरको बैठकले निर्णय गरेको छ ।

बैठकले कांग्रेस मकवानपुरका जिल्ला सदस्य महेन्द्र राउतको पिता तथा कांग्रेस हेटौंडा १ का सचिव बमबहादुर राउतको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार