Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सरकारले जनताको काम गर्न सकेनः नगर सभापति पराजुली

c-5-1563499238.JPG

३ असार, हेटौँडा । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् ।
उनले स्थानीयदेखि प्रदेश र संघीय सरकारसम्मसँग दुई तिहाई बहुमत भएरपनि काम गर्न नसकेको, आफै बरालिएको र गालीगलौचमा सीमित भएको भन्दै गरिव र विपन्नको नाममा राजनीति गरेपनि काम गर्न नसकेको बताए ।
काँग्रेस हेटौँडा उपमहानगर १६ नम्बर वडा इकाइ समितिको आयोजनामा बिहीबार नगरको विकट बस्ती शक्तिखोलामा आयोजित कार्यक्रममा नगर सभापति पराजुलीले काँग्रेस हारेका कारण विकास हुन नसकेको दावी गरे ।
कार्यक्रममा काँग्रेस मकवानपुरका जिल्ला सदस्य सुशान्त श्रेष्ठले काँग्रेसले जितेका स्थानमा प्रतिबद्धताअनुसार काम गरेको बताउँदै नेकपाले दुई तिहाइ मत पाएर आफ्नो नेतृत्वमा सरकार बनाएपनि जनताको पक्षमा एक तिहाई पनि काम गर्न नसकेको उल्लेख गरे ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार आफूले काम गरिरहेको भन्दै नेकपाको दुई तिहाइको सरकार भएपनि काम गर्न असक्षम भएको दावी गरे ।
काँग्रेसका अग्रज नेता धनलाल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सोमबहादुर मोक्तानले बस्तीको सडक, बत्ती, खानेपानीलगायतका समस्या राखेको थिए ।
कार्यक्रममा सुनिता राई, सोमबहादुर मोक्तान, विजय घलान, चन्द्रबहादुर गोलेलगायतका २५ जना नेकपालगायतका पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा काँग्रेसका स्थानीय नेताहरु ध्रुबप्रसाद दुलाल, नवराज न्यौपाने, केदारसिं वाइवा, भीमसेन गौतम, जगतबहादुर गोले, निर्मला पौडेल, देवानसिं स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।
 

c-8-(1)-1563499240.JPG
c-8-(2)-1563499241.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार