Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारले जनताको काम गर्न सकेनः नगर सभापति पराजुली

c-5-1563499238.JPG

३ असार, हेटौँडा । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका छन् ।
उनले स्थानीयदेखि प्रदेश र संघीय सरकारसम्मसँग दुई तिहाई बहुमत भएरपनि काम गर्न नसकेको, आफै बरालिएको र गालीगलौचमा सीमित भएको भन्दै गरिव र विपन्नको नाममा राजनीति गरेपनि काम गर्न नसकेको बताए ।
काँग्रेस हेटौँडा उपमहानगर १६ नम्बर वडा इकाइ समितिको आयोजनामा बिहीबार नगरको विकट बस्ती शक्तिखोलामा आयोजित कार्यक्रममा नगर सभापति पराजुलीले काँग्रेस हारेका कारण विकास हुन नसकेको दावी गरे ।
कार्यक्रममा काँग्रेस मकवानपुरका जिल्ला सदस्य सुशान्त श्रेष्ठले काँग्रेसले जितेका स्थानमा प्रतिबद्धताअनुसार काम गरेको बताउँदै नेकपाले दुई तिहाइ मत पाएर आफ्नो नेतृत्वमा सरकार बनाएपनि जनताको पक्षमा एक तिहाई पनि काम गर्न नसकेको उल्लेख गरे ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले निर्वाचनमा गरेको प्रतिबद्धताअनुसार आफूले काम गरिरहेको भन्दै नेकपाको दुई तिहाइको सरकार भएपनि काम गर्न असक्षम भएको दावी गरे ।
काँग्रेसका अग्रज नेता धनलाल मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सोमबहादुर मोक्तानले बस्तीको सडक, बत्ती, खानेपानीलगायतका समस्या राखेको थिए ।
कार्यक्रममा सुनिता राई, सोमबहादुर मोक्तान, विजय घलान, चन्द्रबहादुर गोलेलगायतका २५ जना नेकपालगायतका पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा काँग्रेसका स्थानीय नेताहरु ध्रुबप्रसाद दुलाल, नवराज न्यौपाने, केदारसिं वाइवा, भीमसेन गौतम, जगतबहादुर गोले, निर्मला पौडेल, देवानसिं स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।
 

c-8-(1)-1563499240.JPG
c-8-(2)-1563499241.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार