५ पुस, हेटौँडा । सहकारी संस्थाहरुमा पनि विपद् व्यवस्थापनबारे जानकारीसँगै विपद् व्यवस्थापन कोष निर्माण गरिने भएको छ ।
ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले विद्यालय स्तरीय विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत जिल्लाका सहकारी संस्थाहरुका अध्यक्ष र व्यवस्थापकहरुका लागि आयोजना गरेको छलफल कार्यक्रममा यस्तो कार्ययोजना बनेको हो ।
भैँसे, निबुवाटार, पदमपोखरी, छतिवन लगायत गाविसमा रहेका सहकारीहरुसँग विपद् जोखिम न्यूनकरणका लागि सहकारीहरुको भूमिकाका बारेमा आयोजित छलफल कार्यक्रममा छुट्टै विपद व्यवस्थापन कोष खडा गर्ने, विपदमा परेका बेला सदस्यहरुलाई परिचालन गर्ने लगायतका बिषयमा सबै सहकारीका प्रतिनिधिहरुले एकमत जनाएका थिए ।
उनीहरुले आफ्ना सहकारीहरुमा तुरुन्तै विपद् व्यवस्थापन कोष तयार गर्ने र सहकारीका समूहको बैठकमा जाने सहजकर्ताहरुलाई समेत विपद् व्यवस्थापनबारे समूहका सदस्यहरुलाई जानकारी गराउने गरी जिम्मेवारी तोकिने बताए ।
त्यसैगरी ऋणको बीमा गरी लगानी सुरक्षित गर्नका लागि बिमा कम्पनी र सहकारी संस्थाहरुबीचको समन्वयकारी भूमिका हुनुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो । ग्रामीण महिला सेवा केन्द्रको आयोजना तथा केयर नेपालको सहयोगमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्साल, डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, केयर नेपालका परियोजना व्यवस्थापक रुपेन्द्र बस्नेतलगायतले विपद् व्यवस्थापनमा समुदाय तहमा सहकारीमार्फत खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो ।
त्यसैगरी बिमा र सहकारीको समन्वयमा विपद घटाउने बारेमा नेशनल लाइफ इन्स्युरेन्सका नवराज अधिकारीले आफ्ना धारणा प्रस्तुत गरेका थिए । सेवा केन्द्रकी अध्यक्ष लक्ष्मी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...







-nepal-1792458398.jpg)









