Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

जनताले कम्युनिष्टको विकल्प खोज्न थाले : पौडेल

Ram-Chandra-1563806276.JPG

६ साउन, हेटौँडा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनष्टिको विकल्प खोज्न थालेको बताएका छन् ।
विपि स्मृति दिवसको अवसरमा सोमबार नेपाली कांग्रेस मकवानपुर र जननायक विपि कोइराला स्मृति ट्रष्ट काठमाडौंले हेटौँडामा गरेको विचार गोष्ठीमा बोल्दै नेता पौडेलले देशको विकास र समृद्धिको अपेक्षासहित जनताले कम्युनिष्टलाई दुईतिहाई नजिक मत दिएपनि वर्तमान सरकार त्यस विपरित लागेको बताए । वर्तमान सरकारले कुनै नयाँ काम गर्न नसकेको भन्दै उनले त्यस विपरित अहिले देशमा भ्रष्टाचार मौलाएको दावि गरे । उनले कम्युनिष्टप्रति विश्वास डग्मगाएकाले जनता विकल्पको खोजिमा रहेको बताए ।
उनले वर्तमान सरकार जनहितको काम गर्नुको सट्टा आफ्नो पक्षमा शक्ति सञ्चय गर्नमै व्यस्त रहेको बताए । कांग्रेसले आफ्ना आन्तरिक समस्यालाई समाधान गर्दै वर्तमान सरकारको गलत कार्यको प्रतिरोधमा उत्रनुपर्नेमा नेता पौडेलको जोड थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, जिल्ला सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य जीवन डंगोल, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, सल्लाहकार उमा दाहाल, रिता खनाल, ट्रष्टका महासचिव रामचन्द्र पोख्रेल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, जिल्ला प्रवक्ता प्रदिप कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्राध्यापक डा. एकनारायण पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइरालाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३ जनाले नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार