Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

जनताले कम्युनिष्टको विकल्प खोज्न थाले : पौडेल

Ram-Chandra-1563806276.JPG

६ साउन, हेटौँडा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले कम्युनष्टिको विकल्प खोज्न थालेको बताएका छन् ।
विपि स्मृति दिवसको अवसरमा सोमबार नेपाली कांग्रेस मकवानपुर र जननायक विपि कोइराला स्मृति ट्रष्ट काठमाडौंले हेटौँडामा गरेको विचार गोष्ठीमा बोल्दै नेता पौडेलले देशको विकास र समृद्धिको अपेक्षासहित जनताले कम्युनिष्टलाई दुईतिहाई नजिक मत दिएपनि वर्तमान सरकार त्यस विपरित लागेको बताए । वर्तमान सरकारले कुनै नयाँ काम गर्न नसकेको भन्दै उनले त्यस विपरित अहिले देशमा भ्रष्टाचार मौलाएको दावि गरे । उनले कम्युनिष्टप्रति विश्वास डग्मगाएकाले जनता विकल्पको खोजिमा रहेको बताए ।
उनले वर्तमान सरकार जनहितको काम गर्नुको सट्टा आफ्नो पक्षमा शक्ति सञ्चय गर्नमै व्यस्त रहेको बताए । कांग्रेसले आफ्ना आन्तरिक समस्यालाई समाधान गर्दै वर्तमान सरकारको गलत कार्यको प्रतिरोधमा उत्रनुपर्नेमा नेता पौडेलको जोड थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, जिल्ला सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य जीवन डंगोल, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, सल्लाहकार उमा दाहाल, रिता खनाल, ट्रष्टका महासचिव रामचन्द्र पोख्रेल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, जिल्ला प्रवक्ता प्रदिप कोइराला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्राध्यापक डा. एकनारायण पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइरालाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३ जनाले नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार