Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्लासिक टेक प्रालिको सेवा दशौं बर्षमा

Classssss-1563864811.png

७ साउन, हेटौँडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ । 
विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै कम्पनीले नेपालको विभिन्न मुख्य शहरहरुमा सेवा उपलब्ध गराईसकेको विज्ञप्तिमार्फत जनाएको छ । नेपालको  ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरि सकेको क्लासिक टेकले २१ वटा भन्दा बढी शाखाको स्थापना गरि करिब   ९ सय दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
कम्पनीसँग हाल १०० जिविपिएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको कम्पनीले जनाएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको कम्पनीले दावि गरेको छ ।
आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा क्लासिक टेकले ४ सय ७१ रुपैँया प्रति महिनाको दरमा ५० एमविपिएस स्पीडको सेवा बजारमा ल्याएको छ ।  एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने कम्पनीले जानकारी गराएको छ ।
हेटौँडा पनि ५ बर्षमा
क्लासिक टेकको हेटौँडा शाखा पनि पाँचौ बर्षमा पुगेको छ । हेटौँडाका इन्टरनेट सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्धेश्यले क्लासिक टेकले  हेटौँडामा शाखा विस्तार गरेको थियो । हेटौँडामा पनि पहिलो पटक ‘फाइबर टु दि होम’ सेवा ल्याएको क्लासिक टेकले अहिले हेटौँडाका उद्योग, व्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तिय क्षेत्रसहित घरायसी प्रयोगकर्ताको समेत मन जित्न सफल भएको क्षेत्रीय प्रवन्धक निलाम्बर सापकोटाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार