Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

क्लासिक टेक प्रालिको सेवा दशौं बर्षमा

Classssss-1563864811.png

७ साउन, हेटौँडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ । 
विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै कम्पनीले नेपालको विभिन्न मुख्य शहरहरुमा सेवा उपलब्ध गराईसकेको विज्ञप्तिमार्फत जनाएको छ । नेपालको  ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरि सकेको क्लासिक टेकले २१ वटा भन्दा बढी शाखाको स्थापना गरि करिब   ९ सय दक्ष जनशक्तिहरुका माध्यमबाट निरन्तर रुपले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
कम्पनीसँग हाल १०० जिविपिएसको फाईबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको कम्पनीले जनाएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको कम्पनीले दावि गरेको छ ।
आफ्नो दशौं बार्षिकोत्सवको अवसरमा क्लासिक टेकले ४ सय ७१ रुपैँया प्रति महिनाको दरमा ५० एमविपिएस स्पीडको सेवा बजारमा ल्याएको छ ।  एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने कम्पनीले जानकारी गराएको छ ।
हेटौँडा पनि ५ बर्षमा
क्लासिक टेकको हेटौँडा शाखा पनि पाँचौ बर्षमा पुगेको छ । हेटौँडाका इन्टरनेट सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्धेश्यले क्लासिक टेकले  हेटौँडामा शाखा विस्तार गरेको थियो । हेटौँडामा पनि पहिलो पटक ‘फाइबर टु दि होम’ सेवा ल्याएको क्लासिक टेकले अहिले हेटौँडाका उद्योग, व्यवसाय, सरकारी कार्यालय, बैंक तथा वित्तिय क्षेत्रसहित घरायसी प्रयोगकर्ताको समेत मन जित्न सफल भएको क्षेत्रीय प्रवन्धक निलाम्बर सापकोटाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार