Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

८० हजार जनसंख्यालाई १ करोड १३ लाख लिटर पानी वितरण

Pratap-Bista1-1482316882.jpg

६ पुस, हेटौँडा । हेटौँडा खानेपानी बोर्डले दैनिक १ करोड १३ लाख लिटर पानी वितरण गर्ने गरेको जनाएको छ । बोर्डले बुधबार आफ्नो प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै नगरका विभिन्न वडामा दैनिक सरदर १ करोड १३ लाख पानी वितरण गर्ने गरेको जनाएको हो । 
बोर्डले हेटौँडा वडा नम्बर १ देखि १० र  १६ देखि २१ मा बसोबार गर्ने ८० हजार जनसंख्यालाई १२ हजार ४ सय १० धाराबाट सरदर ६ देखि ७ घण्टा पानी वितरण गर्ने गरेको छ । बोर्डले सार्वजनिक गरेको साउनदेखि कार्तिकसम्मको विवरण अनुसार यो अवधिमा १ सय ९४ नयाँ धारा माग गरिएकोमा १ सय ९३ वटा जडान भएको छ, त्यसैगरी, ४२ वटा धारा नामसारी, १ सय ८४ पुराना धारामा मिटर जडान, ३ सय ५० मिटर मर्मत, २ सय ४७ मिटर वरपर सार्ने, २ सय ४७ वटा मेनलाईन लिकेज र मर्मत र १३ वटा होल चेन्ज गरिएको छ । साउनदेखि कार्तिकसम्ममा ८८५ मिटर नयाँ पाईपलाईन विस्तार, ५ सय ५० मिटर पुरानो जिर्ण पाईप परिवर्तन र ८ वटा छति धारो पत्ता लगानी ७२ हजार रुपैँया जरिवाना संकलन गरिएको छ । बोर्डका अनुसार अहिले मासिक सरदर ५१ लाख ८ हजार ६ सय ३ रुपैँया विलिङ हुने गरेको छ । 
प्रगति सार्वजनिक गर्दै अध्यक्ष प्रताप विष्टले नेपाल खानेपानी संस्थाबाट बोर्डमा हस्तान्तरण हुँदा ६६ लाख बक्यौता रहेकोमा सरकारी कार्यालय र विद्यालयहरुबाट अहिले ४ लाख रुपैँयामात्रै उठ्न बाँकी रहेको बताए । कम्प्युटर बिलिङ सिष्टम लागु भएपछि बोर्डप्रति विश्वास गरी ग्राहकले २७ लाख ७ हजार रुपैँया अग्रिम महसुल भुक्तानी गरेको उनले जानकारी दिए । 
बोर्डका निमित्ति कार्यकारी निर्देशक सुर्दशन ढकालका अनुसार प्रथम चौमासिकमा हेटौँडा–१६ मयुरधापमा जेनेरेटर घर निर्माण, सामरी सम्बवेल संरक्षणका लागि ग्याविन लगाउने, विभिन्न स्थानमा ८ सय ८५ मिटर लाईन विस्तार, हेटौँडा–८ र ९ मा ५ सय ५० मिटर जिर्ण पाईपलाईन विस्तारमा प्रगति हासिल गरेको बताए । उनका अनुसार यो अवधिमा हेटौँडा–७ र ५ मा डिप ट्युववेल निर्माण, विभिन्न क्षेत्रमा पुराना जिर्ण पाईप परिवर्तन, पानी परीक्षण प्रयोगशालाको स्तरोन्नति कार्य, भल्वहरुमा चेम्बर निर्माण, सहलगानीमा काम गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत प्रक्रिया अघि बढाउने जस्ता काम भईरहेको छ । 
बोर्डले बुङदोडल, सामरी मुहान र कर्रा खोलमा मेन ट्रान्स्मिसन पाईप संरक्षण र हरिकुञ्ज पानी पोखरीमा पाले घर र कार्यलय कम्पाउण्ड मर्मत कार्य अघि बढाउने जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

थप समाचार