६ पुस, हेटौँडा । हेटौँडा खानेपानी बोर्डले दैनिक १ करोड १३ लाख लिटर पानी वितरण गर्ने गरेको जनाएको छ । बोर्डले बुधबार आफ्नो प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै नगरका विभिन्न वडामा दैनिक सरदर १ करोड १३ लाख पानी वितरण गर्ने गरेको जनाएको हो ।
बोर्डले हेटौँडा वडा नम्बर १ देखि १० र १६ देखि २१ मा बसोबार गर्ने ८० हजार जनसंख्यालाई १२ हजार ४ सय १० धाराबाट सरदर ६ देखि ७ घण्टा पानी वितरण गर्ने गरेको छ । बोर्डले सार्वजनिक गरेको साउनदेखि कार्तिकसम्मको विवरण अनुसार यो अवधिमा १ सय ९४ नयाँ धारा माग गरिएकोमा १ सय ९३ वटा जडान भएको छ, त्यसैगरी, ४२ वटा धारा नामसारी, १ सय ८४ पुराना धारामा मिटर जडान, ३ सय ५० मिटर मर्मत, २ सय ४७ मिटर वरपर सार्ने, २ सय ४७ वटा मेनलाईन लिकेज र मर्मत र १३ वटा होल चेन्ज गरिएको छ । साउनदेखि कार्तिकसम्ममा ८८५ मिटर नयाँ पाईपलाईन विस्तार, ५ सय ५० मिटर पुरानो जिर्ण पाईप परिवर्तन र ८ वटा छति धारो पत्ता लगानी ७२ हजार रुपैँया जरिवाना संकलन गरिएको छ । बोर्डका अनुसार अहिले मासिक सरदर ५१ लाख ८ हजार ६ सय ३ रुपैँया विलिङ हुने गरेको छ ।
प्रगति सार्वजनिक गर्दै अध्यक्ष प्रताप विष्टले नेपाल खानेपानी संस्थाबाट बोर्डमा हस्तान्तरण हुँदा ६६ लाख बक्यौता रहेकोमा सरकारी कार्यालय र विद्यालयहरुबाट अहिले ४ लाख रुपैँयामात्रै उठ्न बाँकी रहेको बताए । कम्प्युटर बिलिङ सिष्टम लागु भएपछि बोर्डप्रति विश्वास गरी ग्राहकले २७ लाख ७ हजार रुपैँया अग्रिम महसुल भुक्तानी गरेको उनले जानकारी दिए ।
बोर्डका निमित्ति कार्यकारी निर्देशक सुर्दशन ढकालका अनुसार प्रथम चौमासिकमा हेटौँडा–१६ मयुरधापमा जेनेरेटर घर निर्माण, सामरी सम्बवेल संरक्षणका लागि ग्याविन लगाउने, विभिन्न स्थानमा ८ सय ८५ मिटर लाईन विस्तार, हेटौँडा–८ र ९ मा ५ सय ५० मिटर जिर्ण पाईपलाईन विस्तारमा प्रगति हासिल गरेको बताए । उनका अनुसार यो अवधिमा हेटौँडा–७ र ५ मा डिप ट्युववेल निर्माण, विभिन्न क्षेत्रमा पुराना जिर्ण पाईप परिवर्तन, पानी परीक्षण प्रयोगशालाको स्तरोन्नति कार्य, भल्वहरुमा चेम्बर निर्माण, सहलगानीमा काम गर्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत प्रक्रिया अघि बढाउने जस्ता काम भईरहेको छ ।
बोर्डले बुङदोडल, सामरी मुहान र कर्रा खोलमा मेन ट्रान्स्मिसन पाईप संरक्षण र हरिकुञ्ज पानी पोखरीमा पाले घर र कार्यलय कम्पाउण्ड मर्मत कार्य अघि बढाउने जनाएको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



