८ साउन हेटौँडा । बुधबारदेखि शुक्रबारसम्म देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेकोले नेपालमा मनसुनी वर्षा सक्रिय हुने महाशाखाका बुलेटिनमा उल्लेख छ । देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
भारी बर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०४-०८, बिहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भाग नजिकै अवस्थित छ जसको कारणले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ |
देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा वर्षा भईरहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):
श्रावण ८ गते (बुधबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा (Heavy rainfall) हुने सम्भावना छ । राती: देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ | देशका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
श्रावण ९ गते (बिहीबार )
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। । देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ । राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ |
श्रावण १० गते (शुक्रबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ |
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):
देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु अनुरोध गरिन्छ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















