Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तीन दिन देशका अधिकांश भागमा बर्षा हुने

Raining1-1563954656.jpg

८ साउन हेटौँडा । बुधबारदेखि शुक्रबारसम्म देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेकोले नेपालमा मनसुनी वर्षा सक्रिय हुने महाशाखाका बुलेटिनमा उल्लेख छ । देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ती क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 
भारी बर्षाका कारण हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखा

 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०४-०८, बिहान ६:०० बजे)

 मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको  तराई भू-भाग नजिकै अवस्थित छ जसको कारणले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ |

 देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा वर्षा भईरहेको छ । 

 आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

 श्रावण ८ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको थोरै स्थानहरुमा भारी वर्षा (Heavy rainfall) हुने सम्भावना छ । राती: देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ | देशका थोरै स्थानहरुमा  भारी वर्षा  हुने सम्भावना छ ।

 श्रावण ९  गते (बिहीबार )

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। । देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ । राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ | 

 श्रावण १० गते (शुक्रबार )

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ | 

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।  त्यसैले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह हल्का बढ्न सक्ने  भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै यसका कारणले हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु अनुरोध गरिन्छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार