८ साउन, हेटौँडा । गत असारको अन्तिमको प्राकृतिक विपदमा परी मृत्यु भएका ईन्द्रसरोबर गाउँपालिकाका ३ परिवारलाई नेपाली कांग्रेस मकवानपुरले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस मकवानपुरले प्रति परिवार २५ हजार रुपैँयाका दरले सहयोग गर्ने निर्णय गरे अनुसार राहत रकम बुधबार ४ परिवारलाई ७५ हजार रुपैँया हस्तान्तरण गरेको हो ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मृतक परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकी छिन् । उपाध्यायले गत असार ३० गते घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएका ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ टौमाटकी आमा कान्छी रञ्जितकार र छोरी बबिता बलामीको परिवारलाई ५० हजार रुपियाँ राहत हस्तान्तरण गरेकी छिन् । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ हासुलीमा पहिरोले पुरिएर मृत्यु भएकी १६ वर्षिया श्रृष्टि डिमडुङको परिवारलाई २५ हजार रुपैँया हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल २ नम्बर क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, हेटौंडा–११ का सभापति विष्णु खनाल, महिला संघ ईन्द्रशरोबर संयोजक निर्मला रुम्बा, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, स्थानीय समाजसेवीहरु कुलबहादुर केवी, कृष्ण बलामी, अच्युत विष्ट, नबिना बलामी, राजकुमार घिसिङ, मंगलदाश गोले लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेसले मंगलबार थाहा नगरपालिका वडा नम्बर ३ मा पनि मृतक परिवारलाई राहत उपलव्ध गराएको थियो ।
दिव्यताराबाट पनि सहयोग
ईन्द्रसरोबरका ३ जना मृतकको परिवारलाई दिव्यतारा सहकारी संस्था हेटौंडाले पनि राहतस्वरूप प्रतिपरिवार ५ हजारका दरले १५ हजार सहयोग गरेको छ । ईन्द्रशरोबर १ टौमाटकी २ मृतकलाई ईन्द्रसरोबर डुंगा ब्यवसायी संघले ४० हजार सहयोग गरेको छ भने ईन्द्रसरोबर वडा नम्बर १ का वडा अध्यक्ष एवं कांग्रेसका जिल्ला सदस्य जमानसिं वाईबाले ५ हजार सहयोग गरेका छन् ।
अविरल वर्षाका कारण ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मा ६२ घर पूर्ण क्षति र १ सय ७ घर आंशिक क्षति भएको वडा अध्यक्ष जमानसिं वाईबाले बताए । वडा अध्यक्ष वाईबाले पीडितहरुलाई तत्काल राहत सहयोग उपलब्ध गराउन सबैपक्षसंग आग्रह गरे ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















