Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रदेश तीनले माग्यो ११६ कानूनी सहजकर्ता 

Bagmati_districts-1564105701.png

१० साउन, हेटौँडा । प्रदेश तीनको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ११६ कानूनी सहजकर्ताका लागि आवेदन माग गरेको छ । विहीबार सूचना प्रकाशित गरी ११६ स्थानीय तहका लागि कानूनी सहजकर्ताको माग गरेको हो ।
साउन ६ गते मन्त्रीपरिषद्ले स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्तीसम्बन्धी कार्यविधि २०७६ पारित गरेसँगै आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानूनी सहजकर्ताका लागि आवदेन आह्वान गरेको हेटौँडाबाट प्रकाशित हुने प्रदेश दैनिकमा छ । 
प्रदेश अन्तर्गतका सम्बन्धित जिल्ला समन्वय समितिमा आवेदन बुझाउन सकिने मन्त्रालयले जनाएको छ । कानूनी सहजकर्ताले एउटा स्थानीय तहका लागि मात्रै आवेदन दिन पाउनेछन् । कानूनी सहजकर्ता नियुक्ती प्रमाणपत्रका आधारमा प्राप्त अंक र अन्तरवार्ताको माध्यमबाट गरिने कार्यविधिमा उल्लेख गरिएको छ । 
सम्बन्धित जिल्ला समन्वय समिति र मन्त्रालयले तोकेको अधिकारीको संलग्नतामा कानूनी सहजकर्ता छनौट गरी मन्त्रालयमा सिफारिस गर्नु पर्ने बताइएको छ । अघिल्लो आर्थिक वर्षबाट सुरु यो कार्यक्रम यस वर्ष पनि निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । 
अन्यायमा परेका महिला, दलित र अपाड्डता भएका व्यक्तिहरुलाई स्थानीय तहको सेवा प्रवाहमा कानूनी एवम् प्रशासनिक सहजीकरण गर्न कानूनी सहजकर्ता कार्यक्रमलाई निरन्तरता दिइएको हो । 
नीति तथा कार्यक्रम एवम् बजेटमा पनि कानूनी सहजकर्ताको व्यवस्थापन गर्ने घोषणा गरिएको थियो । सोही अनुरुप कार्यविधि पारित गरी कानूनी सहजकर्ता छनौटको प्रक्रिया सुरु गरिएको हो । कार्यविधि अनुसार कानूनी सहजकर्ताले सेवा प्राप्तिको सम्बन्धमा कानूनी प्रक्रियाका बारेमा सहयोग एवम् सहजीकरण गर्नेछ । 
सरकारी कार्यालयमा दिनु पर्ने निवेदनहरु तयार गर्न सहयोग गर्ने, सार्वजनिक सेवा प्राप्तिको प्रक्रियाको बारेमा जानकारी गराउने, कार्यालय र सेवाग्राहीकोबीचमा समन्वय गर्ने, आवश्यकता अनुसार स्थानीय न्यायिक समितिलाई सहयोग गर्ने, मन्त्रालयसँग सम्बन्धित र मन्त्रालयले तोकेको काम गर्ने गरी कानूनी सहजकर्ताहरु नियुक्त हुनेछन् । 
अघिल्लो आर्थिक वर्षका लागि कानूनी सहजकर्ता कार्यक्रमका लागि १ करोड ९२ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार