१० साउन, हेटौँडा । इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई लोनमा अनुबन्ध गरेको छ ।
आर्सनलका मिडफिल्डर आरोन राम्सी युभेन्टस गएपछि सेन्टर मिडफिल्डरको खोजीमा थियो । सेबालोसले अब राम्सीको स्थानमा खेल्ने छन् । आर्सनलले उनलाई एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो ।
सेबलोसलाई आर्सनलसँगै स्पर्सले पनि अनुबन्ध गर्न खोजेको थियो । तर अन्तिम समयमा स्पर्सले इच्छा व्यक्त नगरेपछि प्रतिस्पर्धा हटेको थियो ।
२२ वर्षीय मिडफिल्डरले सन् २०१७ मा रियलसँग ६ वर्षको अनुबन्धन गरेका थिए । रियलले उनलाई बेच्ने भन्दापनि लोनमा दिने इच्छा जाहेर गरेपछि आर्सनलले अगाडी बढेको हो ।
गत सिजन रियलका लागि २३ खेल खेल्दै ३ गोल गरेका सेबलोसले त्यस समयमा ९२.६ प्रतिशत सफल पास खेलेका थिए । जिदानको रोजाइमा नपरेपनि रियलले उनलाई बेच्ने निर्णय भने गरेको छैन ।
आर्सनलले बिहीबारनै डिफेन्डर विलियम सालिबालाई पनि क्लबमा भित्र्याएको छ । (एजेन्सी)
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







