Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

पदमपोखरी निकृष्ट बालश्रममुक्त घोषणा

stop-child-labor-now-1482388746.jpg

७ पुस, हेटौंडा । साविकको पदमपोखरी तथा हाल हेटौंडा वडा नम्वर १२,१३,१४ र १५ संयुक्त वडा कार्यालय निकृष्ट बालश्रम घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम अन्तर्गत पदमपोखरी संयुक्त वडालाई बुधबार निकृष्ट बालश्रम मुक्त घोषणा गरेको हो ।

व्यवस्थापिका संसद सदस्य तथा मकवानपुर क्षेत्र नम्बर ३ का संसद अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय टोलवासी,
राजनैतिक दलका प्रतिनिधीहरु, पदमपोखरीका विभिन्न विद्यालयका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । निकृष्ट बालश्रम मुक्त घोषणा अभियानका संयोजक सिताराम पाख्रीनको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनन्त प्रसाद पौडेलले अभियानले पदम्पोखरी गाविसलाई निकृष्ट बालश्रम मुक्त गरेर पदम्पोखरीको साख बढाएको भन्दै यो घोषणा घोषणामा मात्र सिमित गर्न नहुने कार्यान्वयन पनि हुन जरुरी रहेको बताएका छन् । कार्यानव्यनको विषयलाई जोड दिन सम्पुर्ण पदमपोखरीवासीलाई अनुरोध गरे । हेटौंडा उपमहानगरपालिका मानवियताको शहर निर्माणका लागी यसले ठुलो सहयोग गर्ने बताउँँदै सांसद पौडेलले बालबालिकालाई रुवाउन नहुने बताए ।

घोषणा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकर प्रसाद उपाध्याय, सामाजिक विकास महाशाखा प्रमुख भिम तिमल्सिना, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रमुख प्रकाश खतिवडा, नगर बाल क्लव सञ्जाल समितिकी अध्यक्ष रोनिशा फुँयाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

यो समेत हेटौंडा उपमहानगरपालिकाका १६ वटा वडा निकृष्ट बालश्रममुक्त घोषणा भइसकेका छन् भने अव १३ वटा वडाहरु वालश्रम मुक्त घोषण गरी आउँदै गरेको असार मसान्तसम्ममा नगरलाई नै निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको छ ।

यसका लागी सञ्चारकर्मी, राजनीति दलका प्रतिनिधीहरु, बालक्लव, विद्यार्थी तथा स्थानिय अगुवा व्यक्तिहरुसंग पनि छलफल तथा अन्तरक्रिया गरिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार