७ पुस, हेटौंडा । साविकको पदमपोखरी तथा हाल हेटौंडा वडा नम्वर १२,१३,१४ र १५ संयुक्त वडा कार्यालय निकृष्ट बालश्रम घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम अन्तर्गत पदमपोखरी संयुक्त वडालाई बुधबार निकृष्ट बालश्रम मुक्त घोषणा गरेको हो ।
व्यवस्थापिका संसद सदस्य तथा मकवानपुर क्षेत्र नम्बर ३ का संसद अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय टोलवासी,
राजनैतिक दलका प्रतिनिधीहरु, पदमपोखरीका विभिन्न विद्यालयका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । निकृष्ट बालश्रम मुक्त घोषणा अभियानका संयोजक सिताराम पाख्रीनको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनन्त प्रसाद पौडेलले अभियानले पदम्पोखरी गाविसलाई निकृष्ट बालश्रम मुक्त गरेर पदम्पोखरीको साख बढाएको भन्दै यो घोषणा घोषणामा मात्र सिमित गर्न नहुने कार्यान्वयन पनि हुन जरुरी रहेको बताएका छन् । कार्यानव्यनको विषयलाई जोड दिन सम्पुर्ण पदमपोखरीवासीलाई अनुरोध गरे । हेटौंडा उपमहानगरपालिका मानवियताको शहर निर्माणका लागी यसले ठुलो सहयोग गर्ने बताउँँदै सांसद पौडेलले बालबालिकालाई रुवाउन नहुने बताए ।
घोषणा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकर प्रसाद उपाध्याय, सामाजिक विकास महाशाखा प्रमुख भिम तिमल्सिना, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रमुख प्रकाश खतिवडा, नगर बाल क्लव सञ्जाल समितिकी अध्यक्ष रोनिशा फुँयाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
यो समेत हेटौंडा उपमहानगरपालिकाका १६ वटा वडा निकृष्ट बालश्रममुक्त घोषणा भइसकेका छन् भने अव १३ वटा वडाहरु वालश्रम मुक्त घोषण गरी आउँदै गरेको असार मसान्तसम्ममा नगरलाई नै निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको छ ।
यसका लागी सञ्चारकर्मी, राजनीति दलका प्रतिनिधीहरु, बालक्लव, विद्यार्थी तथा स्थानिय अगुवा व्यक्तिहरुसंग पनि छलफल तथा अन्तरक्रिया गरिरहेको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


