Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कैलाशका मृतक सुनारको परिवारलाई कांग्रेसद्वारा २५ हजार सहयोग

Mritak-ko-family-help-1564135148.jpg

१० साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले कैलाश गाउँपालिका १० का मृतक सुनारको परिवारलाई शुक्रबार राहत रकम हस्तान्तरण गरेको छ ।
अविरल वर्षाको कारण असार २७ गते जमुने खोलाले बगाएर ज्यान गुमाएका कैलाश गाउँपालिका १० का ५५ वर्षिया सानुकान्छा सुनारको परिवारलाई नगद २५ हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिएको हो ।
नेपाली कांग्रेस मकवानपुरका सचिव बुद्ध लामा र ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानले संयुक्तरुपमा मृतक सुनारका छोरी सरस्वतीलाई घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका छन् ।
त्यसैगरी कैलाश गाउँपालिका १० का नेपाली कांग्रेसबाट निर्वा्चित वडा अध्यक्ष माणिकलाल मुक्तानले मृत सुनारको परिवारलाई ५ हजार सहयोग गरेका छन् । यस्तै दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाले पनि ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
सहयोेग हस्तान्तरण कार्यक्रमा कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सदस्यहरु मानबहादुर वाईबा, सिताराम सिंतान, कैलाश गाउँपालिका १० का सभापति सूर्यबहदुर सिंतान, कैलाश २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, १० नम्बर वडा अध्यक्ष माणिकलाल मुक्तानलगायतको उपस्तिथि रहेको थियो ।
यसअघि कांग्रेस मकवानपुरले अविरल बर्षातका कारण बाढीपहिरोमा परि ज्यान गुमाएकाहरु मकवानपुरका थाहा नगरपालिका ३ की १२ वर्षिया सञ्चना बलामी, ईन्द्रशरोबर गाउँपालिका १ की ४२ वर्षिया कान्छी रञ्जितकार, १७ वर्षिया बबिता बलामी, ईन्द्रशरोबर गाउँपालिका २ की १६ वर्षिया श्रृष्टि डिमडुङ र गढी गाउँपालिका २ का ७५ वर्षिय तीर्थबहादुर खुलालको परिवारलाई २५र२५ हजारका दरले राहतस्वरुप रकम प्रदान गरिसकेको छ ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार