७ पुस, हेटौँडा । हाँडीखोलाका बासिन्दाले गाविस कार्यालयबाट बिनियोजन हुने लक्षित वर्गको बजेट जथाभावी खर्च गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाँडीखोला गाविसको आयोजना तथा सहास नेपाल र स्ट्रोम फाउण्डेसनको सहयोग एबम् गाउँबेसी सञ्चार मञ्च मकवानपुरको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनीहरुले जनजाति तथा महिला शीर्षकमा खर्च गरिएको रकमबारे असन्तुष्टि व्यक्त गरेका हुन् । केही निश्चित मान्छेहरुको पहुँचमा मात्रै यो बजेट सकिएको स्थानीय विन्दु मुक्तानले गुनासो गर्दै सँधैभरि यस्तैगरी चल्ने हो भने दुर्गम र विकटका महिलाहरु सक्षम नहुने गुनासो गरिन् ।
त्यसैगरी जनजाति शीर्षकमा खर्च हुने बजेटमा पनि अपारदर्शिता देखिएको हाँडीखोलाका वडा नागरिक मञ्चका संयोजक समेत रहेका राम स्याङ्तानले बताए । उनले जनजाति शीर्षकको बजेट फरफारक बाँकी रहेकाले पेन्डिङमा फाइल राखिए पनि राजनीतिक दबाबका कारण फरफारक गरिएको आवाज उठाए । धनकुमारी चेपाङले विकट गाउँका महिलाहरु अन्तर पार्टी महिला सञ्जालमा नरहेकाले विकटमा महिलाका बजेट पुग्नै नसकेको र परिणाममुखी हुन नसकेको बताईन् ।
स्थानीय अगुवा गोपाल पौडेलले गाविसमा गत जेठ महिनादेखि कृषि प्राविधिक भनेर कर्मचारी खटिए पनि घटनादर्ताको काम गरेर बसिरहेको भन्दै जुन कामका लागि आएका कर्मचारी हुन् सोही काम गर्नका लागि सरोकारवालाको ध्यानाकर्षण गराए । अन्यथा सम्बन्धित कार्यालयमै फर्कन उनले सुझाव दिए । जिल्ला कृषि विकास कार्यालयले एकजना प्राविधिक हाँडीखोला गाविस पठाएको थियो ।
प्रश्नहरुको जबाफ दिँदै गाविसका सचिव तथा अध्यक्ष राजु आचार्यले योजना छनोट र कार्यान्वयनमा कुनै राजनीतिक हस्तक्षेप नभएको स्पष्ट पारे । उनले योजनाका फाइलहरु फरफारक गर्ने क्रममा स्थलगत अनुगमन तथा राजनीतिक दल र वडा नागरिक मञ्चका संयोजकहरु समन्वयमा गर्ने गरिएको बताए । उनले आगामी दिनमा महिला, जनजाति, बालबालिका, अपांग, ज्येष्ठ नागरिकलगायतका शीर्षकका रकमहरुको कार्यान्वयन गर्दा अझ बढी अनुगमन निगरानी गरिने बताए । अन्तर पार्टी महिला सञ्जालको पुनर्गठनका लागि समेत उनले राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गराए ।
कार्यक्रममा स्वास्थ्य केन्द्र, पशुसेवा केन्द्र तथा सहास नेपाल, एमआरसी नेपाल, नारी सीप सृजना केन्द्र लगायत संस्थाहरुले हाँडीखोलामा सञ्चालन गरेका कार्यक्रमहरुबारे जानकारी गराएका थिए । गाविसका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य, नेपाली काँग्रेसका शंकर न्यौपाने, एमालेका हरिशरण पौडेल, माओवादी केन्द्रका गजाधर सुवेदी, नयाँशक्तिका शिशुपाल बस्नेत, नेकपा माओवादीका राजकुमार पाख्रीन लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सहास नेपालका कृष्ण रावल र गाउँबेसी सञ्चार मञ्चका तर्फबाट शिवकुमार काशीले सहजिकरण गरेका थिए ।
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

