Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मानवअधिकार सम्बन्धी विधेयक ल्याउदा सरकारले जानकारी नै दिएनः आयोग

Rastriya-manab-adhikar-aa-1564189093.jpg

११ साउन, हेटौँडा । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानवअधिकार सम्बन्धी विधेयकहरु ल्याउदा सरकारले आयोगलाई जानकारी नै नदिने गरेको आरोप लगाएका छन् ।
आयोगले शुक्रबार ललितपुरको हरिहरभवनस्थित आफ्नै कार्यालयमा गरेको कार्यक्रममा सदस्य वस्तीले सरोकारवालाहरुसंगको छलफल र परामर्श पछि मात्रै विधेयक ल्याउनुपर्नेमा मानवअधिकार सम्बन्धी विधेयकै बारेमा सरकारले आयोगसंग छलफल नगरेको बताएका हुन् ।
वातावरण प्रदूषण र मानवअधिकार अध्ययन प्रतिवेदन सार्वजनिक तथा वातावरण संरक्षण विधेयक २०७५ माथिको छलफल कार्यक्रममा आयोगका अर्का सदस्य सुदिप पाठकले वातावरणले मानव अधिकारमा पारेको असरका सम्बन्धमा एकीकृत अध्ययन हुन नसकेको बताए । उनले वातावरण, विकास र मानवअधिकारको विषयलाई संगसंगै लैजान र अनुगमनलाई शसक्त र प्रभावकारी बनाउन सरकारलाई सुझाव दिए ।
पाठकले राजधानी काठमाण्डौको फोहर व्यवस्थापनको समस्या “काउसो”, “सिस्नु” र “क्यान्सर” जस्तो बनेको टिप्पणी गर्दै फोहर व्यवस्थापन र वातावरण सुधारमा पर्याप्त ध्यान नदिने हो भने पर्यटन बर्षमा नेपाल आएका विदेशी पाहुनाले नेपालको बारेमा गलत संदेश लिएर फर्कन सक्ने भन्दै सबैलाई वातावरण संरक्षणमा जुट्न उनले अपिल गरे ।
वातावरण प्रदूषण र मानव अधिकार अध्यन प्रतिवेदनमा आयोगले अव्यवस्थित शहरीकरण, सरकारी निकायको उदासिनता, विकास निर्माणका कार्यमा प्राकृतिक स्रोत साधनको अत्याधिक दोहन, सरोकारवाला निकायवीच समन्वयको अभाव, मानवअधिकार मैत्री विकासको अभाव, अव्यवस्थित फोहरमैला विर्सजन, पुराना सवारी साधन, वायु, पानी तथा ध्वनी प्रदूषण लगायत विविध प्रदूषणमा वृद्धि, महामारी जस्ता कारणले नेपालमा अत्याधिक वातारण प्रदूषण भईरहेको जनाएको छ । 
वातावरण प्रदूषण नियन्त्रण, रोकथाम, नियमन तथा न्यूनीकरण गर्ने कार्यलाई प्राथमिकता नदिंदा एवं संविधान तथा कानूनले तोकेको संबैधानिक मौलिक हकको कानूनी दायित्व सरोकारवाला निकायका साथै सम्बन्धीत उद्योगहरुले पुरा नगर्दा व्यक्तिको स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक उलंघन भएको आयोगको निष्कर्ष छ । 
आयोगले वातावरण प्रदूषण कम गर्दै मानवअधिकारको प्रत्याभुतिका लागि अन्तराष्ट्रिय महासन्धि, प्रतिवद्धता, संबैधानिक तथा कानूनी दायित्व पुरा गर्नका लागि स्थानीय , प्रदेश र संघीय सरकारलाई एकिकृत कार्ययोजना सहितको प्रयास संञ्चालन गर्न सुझाव दिएको छ ।   
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार