११ साउन, हेटौंडा । पारस खड्काको कप्तानी इनिङमा नेपालले कुबेतलाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सहजै ७ विकेटले पराजित गरेको छ ।
शनिवार भएको खेलमा परसले ४२ बलको सामना गर्दै ११ चौका र एक छक्काको सहयोगमा ६८ रन बनाए । उनी यो प्रतियोगितामा एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् ।
नेपालले कुबेतले दिएको १ सय ४२ रनको लक्ष्य १५ ओभर ५ बल खेल्दै पूरा गरेको हो । नेपालका लागि शरद भेषवाकरले अविजित ३८ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले १९ रन बनाए । रोहित पौडेल ६ रनमा अविजित रहे ।
पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कुबेतका कप्तान मोहम्मद खासिफले अविजित ४९ रन बनाएका थिए ।
नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिएका थिए । यस्तै, करण केसीले २ तथा अभिनाश बोहराले १ विकेट लिएका थिए । जितसँगै विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनालाई नेपालले जिवितै राखेको छ ।
पाँच टिम सहभागी प्रतियोगितामा ३ खेलबाट ५ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ ।
नेपाल ३ खेलबाट ४ अंकसहित दोस्रो, कुबेत ४ खेलबाट ३ अंकसहित तेस्रो, मलेसिया ३ खेलबाट २ अंकसहित चौथो र कतार ३ खेलबाट २ अंकसहित पाँचौं स्थानमा छ ।
शीर्ष स्थानमा रहने टिममात्र अर्को चरणमा पुग्ने भएकाले नेपालले आइतवार हुने अन्तिम खेलमा सिंगापुरलाई पराजित गर्नुपर्ने छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















