Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

क्याम्पस र नेविसंघ विच सहमती, तत्कालका लागी आन्दोलनका कार्यक्रम फिर्ता

da-1564231978.jpg

११ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पस इकाइ समिति र क्याम्पस प्रशसन विच सहमती भएपछि नेविसंघले गरेको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।
नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखि क्याम्पस इकाइले क्याम्पस प्रशासनको बिकृति र अनियमितताको आवाज उठाउदा बिधार्थिहरूलाई कुट्ने, धम्काउने तथा झुठा मुद्वा लगाएर फसाउन खोज्ने जस्ता कृयाकलाप बढेको भन्दै क्याम्पस प्रशासन र सञ्चाल समितिका बिरूद्ध अनिश्चितकालिन क्याम्पस बन्दको घोषणा गरेको थियो । 
नेविसंघले संचालक समितिका अध्यक्ष, क्याम्पस चिफ र बिद्यार्थी पिट्ने शिक्षकको राजिनामा माग गर्दै तलाबन्धि समेत गरेको थियो ।
नेविसंघ मकवानपुर क्याम्पस ईकाई र क्याम्पस प्रशासनबीच शनिबार छलफल भएपछि नेविसंघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो ।
नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले स्नातक तह दोस्रो वर्षको परीक्षा र नयाँ बिध्यार्थी भर्नाको समयलाई मध्यनजर गर्दै आन्दोलनको कार्यक्रम स्थगित गर्नुपरेको जनाएका छन् । उनले क्याम्पस प्रशासनले सहमती कार्यान्वयन गर्न आनाकानी गरे आन्दोलनले पुनः निरन्तरता पाउँने उल्लेख गरे ।
छलफलमा नेविसंघँंग प्रशासनले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्ने, कार्वाही गरेको विद्यार्थीलाई पठनपाठन गर्न दिईने, पुस्तकालय र प्राध्यापक कर्मचारीको विवरण उपलब्ध गराउने, प्राध्यापक र विद्यार्थीबीचमा हार्दिकता कायम गराउन प्रशासनले पहल गर्ने लगायतका विषयमा सहमति भएपछि नेविसंघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार