Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

विस्थापितलाई बकैया–१० कार्यालयको सहयोग

R2-1564238656.jpg

११ साउन, हेटौँडा । बकैया गाउँपालिका वडा नम्बर १० का विस्थापित स्थानीयलाई वडा कार्यालयले सहयोग गरेको छ । असारको अन्तिम साताको अविरल बर्षाका कारण बाग्मति नदिमा आएको बाढिका कारण विस्थापित ७ परिवारलाई शनिबार कार्यालयले खाद्य सामग्री सहयोग गरेको हो । 
विस्थापित परिवारलाई प्रति परिवार ९० किलो चामल, १५ किलो दाल, ५ लिटर खाने तेल र २ किलो नुन वितरण वडा अध्यक्ष सोम तिमल्सिनाले बताए । ५० हजार रुपैँया बराबरको राहत सामग्री बकैयाका व्यवसायीहरु तुल्सीराम लामिछाने, मिठाराम दाहाल, दिपक लामा, चन्द्रकुमार राई, जय बकैया कन्स्ट्रक्सन र डिएलबी कन्स्ट्रक्सनले वडा कार्यालयलाई उपलव्ध गराएका थिए । 
वडा प्रतिनिधिहरुले विस्थापित बुद्धिमान भोम्जन, ज्योतिमाया भोलन, डिगमाया मोक्तान, सोनी थिङ, निमादोर्जे थिङ, नौसलीमाया नेगी र कुमार स्यांतानको परिवारलाई खाद्य सामग्री हस्तान्तरण गरेका थिए । विस्थापितहरु अहिले छिमेकीको घर, विद्यालयभवन र चर्च भवनमा आश्रमय लिएर बसेका छन् । बाढिका कारण ७ घरको पूर्ण रुपमा क्षति भएको छ भने लत्ताकपडा, अन्नपात लगायत सबै सामग्री बगाउँदा ३० लाख रुपैँया भन्दा बढिको नोक्सानी भएको प्रारम्भिक अनुमान छ ।
वडा कार्यालयले प्राकृतिक विपद्बाट भएको क्षतिको तथ्यांक समेत संकलन गरेको वडा अध्यक्ष तिमल्सिनाले जनाए । बाग्मति खोलाले हाँतिसुँडे–शिखरपुर–मन्थली जोड्ने दशघरेदेखि घ्याम्पेसम्मको सडक खण्ड समेत पूर्ण रुपमा बगाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार