Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

कांग्रेस प्रदेश–३ बाट बाढि प्रभावितलाई सहयोग

Congress1-1564311910.jpg

१२ साउन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले असारको अन्तिम साता आएको विपद् पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । संसदीय दलको निर्णय अनुसार नेपाली कांग्रेस ३ नम्बर प्रदेशका २१ जना सांसदले पीडितहरुका लागि आफ्नो ५ दिनको सुविधाबापतको रकम सहयोग गरेका हुन् । 
सुविधाबापत प्राप्त हुने १ लाख ६० हजार रुपैँयाको चेक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेकी छिन् । चेक हस्तान्तरण गर्दै उनले सो रकम विपद् प्रभावितहरुको राहतमा सदुपयोग हुने विश्वास समेत व्यक्त गरिन् । त्यस्तै, विपदबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारलाई कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ज्ञापनपत्र समेत बुझाएको छ । 
बाढि, पहिरो र डुवानका मृतक परिवारलाई ३ लाख रुपैँया र भौतिक संरचना पूर्ण एवं आंशिक क्षति भएका परिवारलाई तत्काल एक लाख रुपैँया राहत उपलव्ध गराउन समेत कांग्रेसले माग गरेको छ । कांग्रेसले विपद्बाट प्रभावितहरुलाई आश्रयस्थल, खाना र लत्ताकपडाको साथै उपचारको व्यवस्था गर्न समेत माग गरेको छ । 
ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पौडेलले कांग्रेसले गरेको काम प्रशंसनीय भएको बताए । उनले राहत रकमबारे प्रदेश सरकारले पुर्नविचार गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकार राहत, उद्धार एवं पुर्नथापनाका लागि काम गरिरहेको बताए । कार्यक्रममा कांग्रेस सांसदीय दलका सचिव निमा लामा, सांसदहरु पुकार महर्जन, सन्तबहादुर चेपाङ, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मूख्यमन्त्रीका राजनैतिक सल्लाहकार जगन्नाथ थपलिया लगायतको उपस्थिति रहेको थियो ।

Congress2-1564311912.jpg
Congress3-1564311913.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार