१२ साउन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले असारको अन्तिम साता आएको विपद् पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । संसदीय दलको निर्णय अनुसार नेपाली कांग्रेस ३ नम्बर प्रदेशका २१ जना सांसदले पीडितहरुका लागि आफ्नो ५ दिनको सुविधाबापतको रकम सहयोग गरेका हुन् ।
सुविधाबापत प्राप्त हुने १ लाख ६० हजार रुपैँयाको चेक कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेकी छिन् । चेक हस्तान्तरण गर्दै उनले सो रकम विपद् प्रभावितहरुको राहतमा सदुपयोग हुने विश्वास समेत व्यक्त गरिन् । त्यस्तै, विपदबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारलाई कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ज्ञापनपत्र समेत बुझाएको छ ।
बाढि, पहिरो र डुवानका मृतक परिवारलाई ३ लाख रुपैँया र भौतिक संरचना पूर्ण एवं आंशिक क्षति भएका परिवारलाई तत्काल एक लाख रुपैँया राहत उपलव्ध गराउन समेत कांग्रेसले माग गरेको छ । कांग्रेसले विपद्बाट प्रभावितहरुलाई आश्रयस्थल, खाना र लत्ताकपडाको साथै उपचारको व्यवस्था गर्न समेत माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मूख्यमन्त्री पौडेलले कांग्रेसले गरेको काम प्रशंसनीय भएको बताए । उनले राहत रकमबारे प्रदेश सरकारले पुर्नविचार गर्ने प्रतिवद्धता व्यक्त गर्दै सरकार राहत, उद्धार एवं पुर्नथापनाका लागि काम गरिरहेको बताए । कार्यक्रममा कांग्रेस सांसदीय दलका सचिव निमा लामा, सांसदहरु पुकार महर्जन, सन्तबहादुर चेपाङ, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, मूख्यमन्त्रीका राजनैतिक सल्लाहकार जगन्नाथ थपलिया लगायतको उपस्थिति रहेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















