Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

घाईते बालकलाई तरुण दलको सहयोग

help-1564375066.jpg

१३ साउन,हेटौँडा। आगनको बलिरहेको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महीने शिशु प्रवीण राईको उद्धार गरिएको छ । 
गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो । खर्च अभावमा सुविधा सम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले चन्दा सङ्कलन गरेर जम्मा भएको रु एक लाख १३ हजार ३६५ हस्तान्तरण गरेका छन् । 

घाइते प्रवीणलाई जिल्ला अस्पताल दिक्तेलमा ल्याए पनि आवश्यक उपचार नभएको र खर्चसमेत नभएकाले घर फर्कने तयारी गरिरहेको अवस्थामा थप उपचार गराउन तरुण दलले चन्दा सङ्कलन गरेको हो ।खर्च नहुँदा तीन दिनदेखि अस्पतालमा गम्भीर घाइते बनेका शिशुलाई राखिएको जानकारी प्राप्त भएपछि चन्दा उठाएर आइतबार साँझनै काठमाडौँस्थित कान्ति बाल अस्पताल पठाइएको अध्यक्ष राईले बताए । 

“यातायात व्यवसायीलाई आग्रह गरेर घाइते बच्चा र आमालाई गाडीमार्फत निःशुल्क काठमाडौँ पठाइएको छ”, उनले भने, “उनीहरुलाई सम्पर्क गर्न मोबाइल सेट र सिमसमेत खरीद गरेर प्रदान गरिएको छ ।” काठमाडौँमा पनि नेपाली काङ्ग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिले शिशुको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाइएको छ । काङ्ग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा नवीन देवकोटालगायतको उपस्थितिमा तरुण दलले सहयोग रकम हस्तान्तरण गरेको हो ।

हाम्रा कुराबाट

sahayog-1564375067.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार