१३ साउन,हेटौँडा। आगनको बलिरहेको आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महीने शिशु प्रवीण राईको उद्धार गरिएको छ ।
गत असार २७ गते आफनै घरको अगेनामा परेर दुवै हातको नाडीमाथिको भाग र निधार डढेर गम्भीर घाइते भएका शिशुलाई नेपाल तरुण दल खोटाङले चन्दा उठाएर थप उपचारका लागि आइतबार उद्धार गरेको हो । खर्च अभावमा सुविधा सम्पन्न अस्पताल जान नसकेका घाइते शिशुका आमा निर्मला राईलाई तरुण दलका जिल्ला अध्यक्ष भीषण राईले चन्दा सङ्कलन गरेर जम्मा भएको रु एक लाख १३ हजार ३६५ हस्तान्तरण गरेका छन् ।
घाइते प्रवीणलाई जिल्ला अस्पताल दिक्तेलमा ल्याए पनि आवश्यक उपचार नभएको र खर्चसमेत नभएकाले घर फर्कने तयारी गरिरहेको अवस्थामा थप उपचार गराउन तरुण दलले चन्दा सङ्कलन गरेको हो ।खर्च नहुँदा तीन दिनदेखि अस्पतालमा गम्भीर घाइते बनेका शिशुलाई राखिएको जानकारी प्राप्त भएपछि चन्दा उठाएर आइतबार साँझनै काठमाडौँस्थित कान्ति बाल अस्पताल पठाइएको अध्यक्ष राईले बताए ।
“यातायात व्यवसायीलाई आग्रह गरेर घाइते बच्चा र आमालाई गाडीमार्फत निःशुल्क काठमाडौँ पठाइएको छ”, उनले भने, “उनीहरुलाई सम्पर्क गर्न मोबाइल सेट र सिमसमेत खरीद गरेर प्रदान गरिएको छ ।” काठमाडौँमा पनि नेपाली काङ्ग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिले शिशुको निःशुल्क उपचारको व्यवस्था मिलाउने जनाइएको छ । काङ्ग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा नवीन देवकोटालगायतको उपस्थितिमा तरुण दलले सहयोग रकम हस्तान्तरण गरेको हो ।
हाम्रा कुराबाट
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

















-1780-1781487498.jpg)
