१३ साउन, हेटौँडा । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता, २०७३’ लाई संशोधन गर्ने भएको छ । आचारसंहितालाई समयसापेक्ष बनाउने उद्देश्यले संशोधन गर्ने तयारी गरिरहेको काउन्सिलले जनाएको छ ।
संशोधनका लागि काउन्सिलले सरोकारवाला संघ संस्था तथा सञ्चार क्षेत्रका विज्ञहरुसँग छलफल गर्नाका साथै रायसुझाव संकलनको लागि पत्राचारसमेत गरेको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिए ।
समयसापेक्ष संशोधन गर्नुपर्ने छुट विषय र सुझावहरू भए एक हप्तासम्ममा रायसुझाव दिन पत्रमार्फत् काउन्सिलले सम्बन्धीत सबै पक्षलाई आह्वान गरेको छ । यो वर्ष काउन्सिलको स्वर्णजयन्ती वर्ष भएको अवसरमा संशोधित तथा परिमार्जित आचारसंहिता सार्वजनिक गर्नाका साथै प्रेस काउन्सिल एवं पत्रकारितासँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने तयारी गरिएको छ ।
२०७३ साल असोज ६ गते देखि लागू भएको ‘पत्रकार आचारसंहिता, २०७३’ मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्यअन्तर्गत पत्रकारले गर्नुपर्नेमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन, मानव अधिकार, अन्तर्रा्ष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान, पेशागत मर्यादा तथा व्यवहार, सम्पादकीय स्वतन्त्रताको सम्मान र गोप्य स्रोतको संरक्षणलगायत १५ बुँदामा उल्लेख गरिएको छ ।
त्यसैगरी पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, राष्ट्रिय एकता र सामाजिक सद्भावमा खलल पुग्ने, भेदभाव हुने गरी र निजी स्वार्थपूर्तिका लागि सूचनाको सम्प्रेषण, पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण र बीभत्स दृश्य र तस्वीर प्रकाशन वा प्रसारण गर्न नहुनेलगायत १५ बुँदामा उल्लेख गरिएको छ ।
स्वस्थ पत्रकारिताको विकासका लागि उपयुक्त वातावरण सृजना गर्ने, प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिन पत्रकारितासम्बन्धी आचारसंहिता तोक्ने, प्रेस र नेपाल सरकारबीच सौहाद्र्रपूर्ण सम्बन्ध कायम राख्ने र सार्वजनिक नैतिकता तथा नागरिकहरूको मर्यादा कायम राख्न लगाउने लगायत विभिन्न उद्देश्यले विसं २०२७ मा प्रेस काउन्सिल नेपालको स्थापना भएको हो ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




