८ पुस, हेटौँडा । हाँडीखोला गाविसमा स्थानीय जलबायु परिवर्तन अनुकूलन योजना (लापा) को अध्यावधिक गरिने भएको छ । हाँडीखोला गाविस कार्यालयले आयोजना गरेको स्थानीय जलबायु परिवर्तन योजना तथा विपद् जोखिम व्यवस्थापन समितिबीचको कार्यशालाले यस्तो योजना अद्यावधिक गर्ने निर्णय गरेको हो ।
योजना अध्यावधिक गर्दा केयर नेपाल र ग्रामीण महिला सेवा केन्द्रले प्राविधिक सहयोग गर्ने सहमति समेत भएको छ । गाविसभित्र रहेको लापा र विपद जोखिम व्यवस्थापन समितिले संयुक्त रुपमा विपद् तथा जलबायु परिवर्तनसम्बन्धी योजनाहरु निर्माण गर्ने र त्यसका लागि केही समयभित्रै संरचना तयार पारेर अघि बढ्ने समेत सहमति भएको ग्रामीण महिला सेवा केन्द्रका पोशक भण्डारीले बताए ।
कार्यक्रममा गाविसका सचिव राजु आचार्यले आगामी गाउँ परिषदमा विपद् जोखिम न्यूनिकरण र जलबायु परिवर्तन नियन्त्रणका लागि लापाले ल्याउने योजनामा बजेट बिनियोजन गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए । केयर नेपालका निरज काफ्ले र देवता रिजालले सहजिकरण गरेको कार्यक्रममा वडा नागरिक मञ्चका संयोजकहरु, विद्यालयका प्रतिनिधिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिका पदाधिकारीहरु, लापाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
तस्विर सौ.- शिवकुमार काशी
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...
२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...
२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...











-nepal-1793842721.jpg)





