Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा ६ नम्बर वडाले आत्मनिर्भर बन्न सहयोग गर्ने

Taalim-1564476954.jpg

१४ साउन हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले वडाबासीलाई आत्मनिर्भर बन्नका लागि सहयोग गर्ने भएको छ । 
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडाको आयोजना र हेटौडा उपमहानगरपालिका ६ नं. वडा कार्यालयको समन्वयमा संचालित ३ महिने केश ऋंगार तथा सिलाई तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले ६ नम्बर वडाबासीलाई तालिम लिएर आत्मनिर्भर बन्न वडा कार्यालयले आर्थिक सहयोग गर्ने बताएका हुन् । उनले वडा कार्यालय विभिन्न समयमा फरक प्रकृतिका तालिम गरेको भन्दै ति तालिममा सहभागी युवाहरुले समूहगत रुपमा काम गर्न चाहेमा वडा कार्यालय लगानीमा सहयोग गर्ने बताए । वडा कार्यालयले गरेको लगानीलाई व्यवस्थित र पारदर्शी बनाउन सहकारी वा समूहमार्फत मात्रै लगानी गर्ने चौलागाईले बताए ।
कृषि वन विश्वविद्यालय, रामपुरका प्रोफेसर प्राध्यापक डाक्टर प्रदिपराज रोकायाको प्रमुख आतिथ्यता एवम हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा सिलाई तर्फ उत्कृष्ट हुने सुजता बलामी, कोपिला सापकोटा, सविता लामिछाने र केश ऋंगारतर्फ सुनिता ढुंगाना, सलिना श्रेष्ठ र नितिशा मानन्धरलाई पुरस्कृत गरिएको थियो । 
कार्यक्रममा व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख युवराज गुरुङ, ६ नं. वडा सदस्य रामहरि राई, राजकुमार बास्तोला, वडा सचिव आमोद प्रसाद मैनाली, संचारकर्मी भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा अनुपमा घिमिरे, उर्मिला हमाल, ईन्द्रावती तिमल्सिना र निर्मला गुरागाईले सहजीकरण गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार