Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सहजकर्ता नै बेरोजगार भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

Sahajkarta-1564477892.jpg

१४ साउन, हेटौंडा । उद्यमशिल हुन तालिम दिने सहजकर्ता नै बेराजगार हुनु परेको भन्दै उनीहरुले ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । 
विभिन्न गैरसरकारी संस्था, निजी संस्थाहरुमा उद्यमशीलता विकासमा विभिन्न सीपमूलक तालिम दिदै आएका सहजकर्ताहरु विगत केही समयदेखि बेरोजगार भएको भन्दै उद्योगशिलता विकास सहजकर्ता संघले मूख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो । 
उनहरुले आफ्नो सिपलाई उद्योग मन्त्रालयमार्फत स्थानीय तहमा सदुपयोग गर्न आग्रह गरेका छन् । ज्ञापनपत्र बुझाउँदै संघकी अध्यष देवकी घिमिरेले हाल सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट विभिन्न लेबलका सीपमूलक योग्यता लिएका सहजकर्ताहरु ६ महिना भन्दा बढी बेरोजगार बस्नु परेकोले सहजकर्ताहरु नै पलायन भईरहेको गुनासो गरिन् । उनले नीतिगत व्यवस्था गरी यस्ता सिपयुक्त सहजकर्ताहरुलाई दक्ष जनशक्ति उत्पादनमा सदुपयोग गर्न प्रदेश सरकारसंग आग्रह गरिन् । 
संघले स्थानीयस्तरमा सहजकर्ताको पद सिर्जना गर्नुपर्ने, सीटिईभिटीको तालिम लिएको हुनाले लोकसेवामार्फत पदपूर्ति गर्नुपर्ने, हाल खुलेका व्यवसायिक सीप सिकाउने शैक्षिक संस्थाहरुको अनुगमन गर्नुपर्ने, सहजकर्ताले पाउने पारिश्रमिकमा पुनर्मूल्यांकन गर्नुपर्ने, व्यवसाय प्रदायक संस्थाले सहजकर्ताको अनुमतिबाट मात्रै मन्त्रालयमा आशयपत्र बुझाउने व्यवस्था हुनु पर्ने, उद्योग मन्त्रालयबाट सञ्चालित उद्यमशीलता कार्यक्रममा उद्यमशीलता विकास सहजकर्तालाई नै प्राथमिकता दिनु पर्ने लगायका माग राखेको छ ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले प्रदेशको तर्फबाट योजना आयोगमार्फत संघको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालमा हाल करीब एक हजार पाँच सय उद्यमशीलता विकास सहजकर्ताहरु रहेको संघको दाबी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार