File Photo
१४ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका सांसदहरुले मूख्यमन्त्री डोरमणी पौडेललाई प्रदेशसभा सुचारु गर्न मूख्यमन्त्री डोरमणी पौडेललाई आग्रह गरेका छन् ।
असारको अन्तिम सातादेखिको प्राकृतिक विपदका कारण ३ नम्बर प्रदेशमा जनधनको क्षति भएको भन्दै यसबारे गम्भिर छलफल आवश्यक रहेको भन्दै प्रदेशसभा सुचारु गर्ने वातावरण बनाउन मूख्यमन्त्री डोरमणी पौडेललाई आग्ह गरेका हुन् । प्रदेशसभालाई ‘विजनेश’ दिने दायित्व प्रदेश सरकारको भएको भन्दै नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामाले अहिलेको विपद्बारे छलफल गर्न पनि संसद सुचारु हुनुपर्ने बताए । ‘संसद सुचारु भएको भए सबै संसदहरुले आफ्नो क्षेत्रमा भएको जनधनको क्षतिको अवस्थाबारे सरकारलाई अवगत गराउन सक्नुहुन्थ्यो ।’–उनले भने । यसले राहत तथा पुर्नस्थापनामा काम गर्न सरकारलाई नै सजिलो हुने थियो ।
विपदमा परेकाहरुको राहतका लागि सहयोग रकम हस्तान्तरण गर्न आएका समयमा चितवनका नेपाली कांग्रेस सांसद बलराम पौडेलले पनि मूख्यमन्त्रीलाई यसबारे आग्रह गरेका थिए । उनले प्रदेशमा भएको यस्तो विपदको अवस्थामा पनि केही छलफल नहुँदा नकारात्मक सन्देश गएको भन्दै संसद सुचारु गर्ने वातावरण बनाउन मूख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सांसदहरुको चासोको प्रतिक्रिया दिंदै मूख्यमन्त्री पौडेलले ‘विजनेश’ नभएकाले संसद सुचारु नभएको बताएका थिए । विपदमा परेकाहरुको राहतका लागि प्रदेश सरकारले काम गरेको उनको भनाई थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















