Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी कांग्रेसले गाउँमै पुगेर बाँड्यो राहत (तस्बिरहरु)

R3-1564666958.jpg

१६ साउन, हेटौँडा । प्रदेश सरकार राहत लिएर बाढीपहिरो पीडितसम्म पुग्न नसकिरहेको बेला नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोबर गाउँपालिकाका पीडितलाई गाउँमै पुगेर राहत बाँडेको छ । असार २७ गतेबाट परेको अविरल वर्षातका कारण बाढीपहिरो पीडित १ सय ६१ घरपरिवारलाई कांग्रेसले खाद्यान्न तथा लत्ता कपडा वितरण गरेको हो ।
ईन्द्रशरोबर गाउँपालिकाको ५ वडाका पूर्ण क्षति र आंशिक क्षति भएका १ सय ६१ घरपरिवार बाढीपहिरो पीडितहरुलाई एकबोरा चामल, त्रिपाल, दाल, नुन, तेल , सिरक डस्ना, लत्ताकपडा, भाडाकुडालगायतका सामाग्रीहरु प्रदान गरिएको थियो ।
राहत वितरणमा कांग्रेस निकट नेपाल लोकतान्त्रिक व्यापार संघका अध्यक्ष काब्यमणी अधिकारी, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था, ब्यवसायी तथा समाजसेवीहरु प्रमोदसिं रानाभाट, सुदर्शन खरेल, अनिल अग्रवाल, नवराज न्यौपाने, भागवत अवस्तीलगायतले सहयोग गरेका थिए ।
नेपाली कांग्रेस ईन्द्रशरोबर गाउँपालिका संयोजक जवान सिं वाईबाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा भएको राहात वितरण कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, ईन्द्रशरोबर महिला संघ संयोजक निर्मला रुम्बा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राहातसामाग्री वितरण कार्यक्रममा कांग्रेस जिल्ला सदस्यहरु कृष्णभक्त श्रेष्ठ, खड्ग गोपाली, महासमिति सदस्य दीनेश उपाध्याय, क्षेत्रीय सभापति यतिराज सापकोटा, कांग्रेस क्षेत्रीय सल्लाहकार उत्सव ईटेनी, थाहानगर उपसभापति भरत गोपाली, तरुण दल क्षेत्रीय सभापति सुमन श्रेष्ठ, विकाश बलामी, कृष्ण बलामी, बिष्णु कार्की, समाजसेवीहरु सुरेन्द्रमान प्रधान, हरिकुमार लामा, काजेन्द्र परियारलगायतको उपस्तिथि रहेको थियो ।
यसअघि कांग्रेस मकवानपुरले बाढीपहिरोमा परी मृत्यु भएका जिल्लाका ६ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले राहत रकम प्रदान गरेको थियो ।

R1-1564667009.jpg
R2-1564667010.jpg
R4-1564667010.jpg
R5-1564667013.jpg
R6-1564667014.jpg
R7-1564667014.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार