Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा २७ जनामा डेंगु, लामखुट्टेबाट बच्न चिकित्सकको सल्लाह

hetaaa-1564710017.jpg

१७ साउन, हेटौँडा । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग मकवानपुरमा पनि फैलन थालेको छ । साउन १ गते यता १६ गतेसम्ममा हेटौंडामा २७ जनामा डेंगुका रोगी फेला परेका छन् । 
हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मकवानपुर सहकारी अस्पतालमा १४ जना, हेटौंडा रेफरेन्स ल्याबमा ४ जना र जिल्ला जनस्वास्थ्य कार्यालय परीक्षण गर्न आएका ९ जनामा डेंगु रोग फेला परेको हो । 
हेटौंडामा डेंगु रोग फेला परेकाहरु विशेषगरी चितवन पुगेर उपचार गराइरहेको खबर हेटौँडाबाट प्रकाशित हुने प्रदेश दैनिकले छापेको छ ।
लामखुट्टेको टोकाईका कारण सर्ने सरुवा रोगको रुपमा रहेको डेंगु लागेपछि जाडो हुँदै उच्च ज्वरो आउने, जीउ तथा जोर्नी र हाड बेस्सरी दुख्ने गर्दछ । यस्तै आँखा चलाउँदा र घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, खाना खान मन नलाग्ने जस्ता समस्या देखिने चिकित्सकले बताएका छन् । 
यस्तै रोग लागेको केही समयपछि छाला मुनी रगत जमेको धब्बाहरु देखापर्ने साथै रोगको जटिलता हुँदै गएपछि नाक, गिजा र शरीरका अन्य अंगहरुबाट रगत बग्ने लक्षण देखिने चिकित्सकको भनाई छ 
यस रोगको कुनै विशिष्ट उपचार र खोपको विकास भने अहिलेसम्म भएको छैन । रोग देखा परेपछि चिकित्सकको सल्लाह अनुसार औषधि खाने र आराम गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका ल्याब टेक्निसियन अधिकृत भुपनारायण यादवको सुझाव छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नु नै एकमात्र विकल्प हो । 
हेटौंडामा डेंगुको संक्रमण बढेपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विशेष चासो दिएका छन् । बिहीबार उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीसंग यसको बिषयमा जानकारी दिँदै सचेतना अभियानलाई तीव्रता दिन भनेका छन् । 
स्वास्थ्य संयोजक कार्कीले लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्नुपर्ने आवश्यकता औंल्याउँदै सचेतनाको लागि माइकिङ सुरु गरिसकेको जानकारी दिए । 
यस्तै डेंगु परीक्षणको लागि निशुल्क परीक्षण कीट समेत ल्याइसकेको उनले बताए । ‘डेंगु लाग्यो भन्दैमा आत्तिनुपर्दैन’, स्वास्थ्य संयोजक कार्कीले भने, ‘डाक्टरलाई पनि डेंगु लागेको छ । खानपानमा ध्यान दिएर आराम गर्ने हो भने निको हुनेछ ।’ फोटोः गुगल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार