Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सदस्य सचिवले भने–गौरीटार रंगशालाको कामलाई गति दिन्छु

S1-1564737295.jpg

१७ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिल्वालले शुक्रबार हेटौँडा–६ मा निर्माणाधिन राष्ट्रिय खेलकुद प्रतिष्ठानको निरीक्षण गरेका छन् । गौरीटारमा रहेको प्रतिष्ठानमा पुगेका मूख्यमन्त्री पौडेल र परिषदका सदस्य सचिव सिल्वालसहितका खेलकुद पदाधिकारी भईरहेका कामको बारेमा निरीक्षण गरेका हुन् । 
२२ विगाह क्षेत्रफलमा फैलिएको रंगशालामा अहिले फुटबल मैदान निर्माणको काम भईरहेको छ । प्रशिक्षणका लागि खेलाडीहरुलाई राखी दक्ष बनाईने र उनीहरुको प्रतिभा प्रस्फुटनको अवसर दिईने लक्ष्यका साथ राष्ट्रिय खेलकुद एकेडेमी निर्माण थालिएको थियो । तर कामले भने गति लिन सकेको छैन । निरीक्षण गरेपछि सदस्य सचिव सिल्वालले ‘स्लो मोसन’मा भईरहेको कामलाई गति दिने प्रतिवद्धता व्यक्त गरे । 
उनले काम प्रारमिभक चरणमा भईरहेको भन्दै अन्तराष्ट्रियस्तरको एकेडेमी बनाउन यही पूर्वाधारले नपुग्ने बताए । उनले खेल पिच्छेको खेल मैदान निर्माण, सुविधा सम्पन्न कर्भड हल, खेलाडि र प्रशिक्षक बस्ने ठाउँ र कन्फरेन्स र कक्षा संचालन गर्ने हलको आवश्यकता रहेको बताए । 
५ बर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ १० बर्ष अघि २ अर्बको गुरुयोजना तयार गरी काम थालिएको प्रतिष्ठानमा अहिले होस्टल र केही संरचनामात्रै बनेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख खुशराज दाहालले बताए । १० बर्ष अघि तयार भएको गुरुयोजना परिमार्जन आवश्यक रहेको बताउँदै उनले यसले लागत समेत एकिन हुने बताए । प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिनाले प्रदेश सरकारले गौरीटार रगशालालाई प्राथमिकतामा राखेर काम गरेको दावि गरे ।
फुटबल र क्रिकेट मैदान, स्विमिङ पुल, टेनिङ सेन्टर, बहुद्देश्यीय कर्भड हलसहितका १४ वटा संरचना निर्माण गर्नुपर्ने प्रतिष्ठानमा सम्बन्धित निकायको उदासिनताका कारण कछुवा गतिमा काम भईरहेको छ ।

S2-1564737296.jpg
S3-1564737297.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार