Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सदस्य सचिवले भने–गौरीटार रंगशालाको कामलाई गति दिन्छु

S1-1564737295.jpg

१७ साउन, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिल्वालले शुक्रबार हेटौँडा–६ मा निर्माणाधिन राष्ट्रिय खेलकुद प्रतिष्ठानको निरीक्षण गरेका छन् । गौरीटारमा रहेको प्रतिष्ठानमा पुगेका मूख्यमन्त्री पौडेल र परिषदका सदस्य सचिव सिल्वालसहितका खेलकुद पदाधिकारी भईरहेका कामको बारेमा निरीक्षण गरेका हुन् । 
२२ विगाह क्षेत्रफलमा फैलिएको रंगशालामा अहिले फुटबल मैदान निर्माणको काम भईरहेको छ । प्रशिक्षणका लागि खेलाडीहरुलाई राखी दक्ष बनाईने र उनीहरुको प्रतिभा प्रस्फुटनको अवसर दिईने लक्ष्यका साथ राष्ट्रिय खेलकुद एकेडेमी निर्माण थालिएको थियो । तर कामले भने गति लिन सकेको छैन । निरीक्षण गरेपछि सदस्य सचिव सिल्वालले ‘स्लो मोसन’मा भईरहेको कामलाई गति दिने प्रतिवद्धता व्यक्त गरे । 
उनले काम प्रारमिभक चरणमा भईरहेको भन्दै अन्तराष्ट्रियस्तरको एकेडेमी बनाउन यही पूर्वाधारले नपुग्ने बताए । उनले खेल पिच्छेको खेल मैदान निर्माण, सुविधा सम्पन्न कर्भड हल, खेलाडि र प्रशिक्षक बस्ने ठाउँ र कन्फरेन्स र कक्षा संचालन गर्ने हलको आवश्यकता रहेको बताए । 
५ बर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ १० बर्ष अघि २ अर्बको गुरुयोजना तयार गरी काम थालिएको प्रतिष्ठानमा अहिले होस्टल र केही संरचनामात्रै बनेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख खुशराज दाहालले बताए । १० बर्ष अघि तयार भएको गुरुयोजना परिमार्जन आवश्यक रहेको बताउँदै उनले यसले लागत समेत एकिन हुने बताए । प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिनाले प्रदेश सरकारले गौरीटार रगशालालाई प्राथमिकतामा राखेर काम गरेको दावि गरे ।
फुटबल र क्रिकेट मैदान, स्विमिङ पुल, टेनिङ सेन्टर, बहुद्देश्यीय कर्भड हलसहितका १४ वटा संरचना निर्माण गर्नुपर्ने प्रतिष्ठानमा सम्बन्धित निकायको उदासिनताका कारण कछुवा गतिमा काम भईरहेको छ ।

S2-1564737296.jpg
S3-1564737297.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार