Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

“महिला तथा बालवालिका साईबर अपराधिको सिकार”

IMG_8250-1564749211.JPG

सुनिल शिवाकोटी
१७ साउन,हेटौँडा
। पछिल्लो समय न्यु मिडियाको पहुचसंगै सामाजिक संजालको ब्यापक प्रयोग र प्रयोगमा सावधानी नअपनाउदा पछिल्लो नेपालमा समय साइबर अपराधको घटना बढदै गएको छ । 
जसअनुसार  साइबर अपराधको घटना र अपराधिको सिकारबाट महिला र बालबालिका बढी प्रभावित हुने गरेको तथ्य सार्वजनिक भएको छ । 
शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा प्रहरी प्रधान कार्यालय केन्द्रीय साईवर ब्युरा भोटाहिटि काठमाडौँको संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा भएको महिला तथा बालबालिका विरुद्ध साइबर अपराध सम्बन्धी जनचेतनामुलक  कार्यक्रममा साइबर अपराधको घटनाबाट महिला र बालबालिका बढी प्रभावित हुने गरेको तथ्य सार्वजनिक भएको हो । 
कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै केन्द्रीय साईबर ब्युरो काठमाण्डौँका प्रहरी नायव महानिरिक्षक विकास श्रेष्ठले  नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको प्रयोग गर्ने गरेको बताउदै प्रयोगकर्ताले  सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा आपराधिक क्रियाकलाप बढ्दै गएको बताएका छन । 
ग्रोल्बल भिलेको अवधारणले गर्दा  आमसंचार र न्यु मिडिया सबैको पहुचमा भएको र  त्यही न्यु मिडियाको सहि सदुपयोग गर्न नजान्दा साईबर अपराधको प्रमुख कारण सामजिक सञ्जालनै  भएको बताए । नायव महानिरिक्षक श्रेष्ठले कार्यक्रक मार्फत सहभागिहरुलाई  सामजिक सञ्जाललाई अपराधीक प्रयोजका लागि  नभई विषेश कामको लागि मात्र सदुपयोग गर्नको लागि आग्रह गरेका छन । 

त्यसैगरी कार्यक्रममा ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले  अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको र महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरुलाई रोज्ने गरेको बताए । 
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ब्युरोका प्रहरी निरीक्षक प्रविण ताम्राकारले अहिले सम्म ब्युरोको कार्यालयमा एक हजार ४९८ सामाजिक सञ्जाल फेसबुक बाट गरिएका अपराधका सम्बन्धमा उजुरी परेको बताए । निरीक्षक ताम्राकारले  प्राय गरेर कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरुपमा फसाउने गरेको र  सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायत अपराध हुने गरेको जानकारी दिएका छन । 
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले  मकवानपुरमा पनि सामाजीक संजालको गलत प्रयोजनले गर्दा दिनहु यौनजन्य र अपराधीक घटनको उजुरी आउने गरेको बताएका छन । उनले साइबर अपराधलाई सामाजीक संजालले प्रोत्साहान गरेको बताएका छन ।
जनचेतनामुलक कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरी हुमागाई, सामुदायिक सेवा केन्द्र थानाभ्याङका अध्यक्ष शालिकराम पुडासैनी, पशुपतिनगर अध्यष्क्ष राम बिष्ट, माईति नेपाल मकवानपुरकि  माया लामा,वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी  निरीक्षक सन्तोष श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी  निरीक्षक सुरेन्द्र  श्रेष्ठ,मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका बरिष्ट उपाध्यक्ष माधव न्यौपाने,प्याब्सन मकवानपुर उपाध्यक्ष बिनोद सुवेदी लगायतका हेटौँडा ६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेता, हेटौँडा ५मा रहेको दिब्य ज्ञना कुञ्ज बेडिङ् तथा हेटौँडा ११ नवलपुरमा रहेको जेम्स बेडिङ्का विद्यार्थीहरु विभिन्न संघ संस्थाका प्रतिनिधी सहित करिब २ सय जनाको उपस्थिती रहेको थियो । 

IMG_8257-1564749212.JPG
IMG_8187-1564749248.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार