सुनिल शिवाकोटी
१७ साउन,हेटौँडा । पछिल्लो समय न्यु मिडियाको पहुचसंगै सामाजिक संजालको ब्यापक प्रयोग र प्रयोगमा सावधानी नअपनाउदा पछिल्लो नेपालमा समय साइबर अपराधको घटना बढदै गएको छ ।
जसअनुसार साइबर अपराधको घटना र अपराधिको सिकारबाट महिला र बालबालिका बढी प्रभावित हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना तथा प्रहरी प्रधान कार्यालय केन्द्रीय साईवर ब्युरा भोटाहिटि काठमाडौँको संयुक्त आयोजनामा मकवानपुरको हेटौँडामा भएको महिला तथा बालबालिका विरुद्ध साइबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रममा साइबर अपराधको घटनाबाट महिला र बालबालिका बढी प्रभावित हुने गरेको तथ्य सार्वजनिक भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रममा बोल्दै केन्द्रीय साईबर ब्युरो काठमाण्डौँका प्रहरी नायव महानिरिक्षक विकास श्रेष्ठले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको प्रयोग गर्ने गरेको बताउदै प्रयोगकर्ताले सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा आपराधिक क्रियाकलाप बढ्दै गएको बताएका छन ।
ग्रोल्बल भिलेको अवधारणले गर्दा आमसंचार र न्यु मिडिया सबैको पहुचमा भएको र त्यही न्यु मिडियाको सहि सदुपयोग गर्न नजान्दा साईबर अपराधको प्रमुख कारण सामजिक सञ्जालनै भएको बताए । नायव महानिरिक्षक श्रेष्ठले कार्यक्रक मार्फत सहभागिहरुलाई सामजिक सञ्जाललाई अपराधीक प्रयोजका लागि नभई विषेश कामको लागि मात्र सदुपयोग गर्नको लागि आग्रह गरेका छन ।
त्यसैगरी कार्यक्रममा ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको र महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरुलाई रोज्ने गरेको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै ब्युरोका प्रहरी निरीक्षक प्रविण ताम्राकारले अहिले सम्म ब्युरोको कार्यालयमा एक हजार ४९८ सामाजिक सञ्जाल फेसबुक बाट गरिएका अपराधका सम्बन्धमा उजुरी परेको बताए । निरीक्षक ताम्राकारले प्राय गरेर कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरुपमा फसाउने गरेको र सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायत अपराध हुने गरेको जानकारी दिएका छन ।
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले मकवानपुरमा पनि सामाजीक संजालको गलत प्रयोजनले गर्दा दिनहु यौनजन्य र अपराधीक घटनको उजुरी आउने गरेको बताएका छन । उनले साइबर अपराधलाई सामाजीक संजालले प्रोत्साहान गरेको बताएका छन ।
जनचेतनामुलक कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरी हुमागाई, सामुदायिक सेवा केन्द्र थानाभ्याङका अध्यक्ष शालिकराम पुडासैनी, पशुपतिनगर अध्यष्क्ष राम बिष्ट, माईति नेपाल मकवानपुरकि माया लामा,वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ,मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका बरिष्ट उपाध्यक्ष माधव न्यौपाने,प्याब्सन मकवानपुर उपाध्यक्ष बिनोद सुवेदी लगायतका हेटौँडा ६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेता, हेटौँडा ५मा रहेको दिब्य ज्ञना कुञ्ज बेडिङ् तथा हेटौँडा ११ नवलपुरमा रहेको जेम्स बेडिङ्का विद्यार्थीहरु विभिन्न संघ संस्थाका प्रतिनिधी सहित करिब २ सय जनाको उपस्थिती रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

















