१७ साउन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । बजेट निर्माणका क्रममा गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले ‘मनपरी’ गरेको भन्दै कांग्रेसले तालाबन्दी गरेको हो ।
वडाबाट सिफारिस भएका योजनालाई गाउँपालिकाले समावेश नगराएको, समयमा बजेट नल्याएको र पक्षपाती ढंगले आफु निकटका अध्यक्षको वडामा मात्रै बजेट विनियोजन गरेको लगायतका आरोप लगाउँदै कांग्रेसले तालबन्दी गरेको ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तानले बताए ।
कार्यपालिका बैठकमा गाउँपालिकाका अध्यक्ष मोक्तानले एकपक्षीय ढंगले कांग्रेसबाट जितेका अध्यक्षहरुलाई पेलेर आफु खुशी योजना बाँडफाँड गर्न खोजेको तर त्यसो नगर्न आग्रह गर्दा वेवास्ता गरेपछि तालाबन्दी गरेको मोक्तानको भनाई छ । कांग्रेसले यसअघि नै गाउँपालिका उपाध्यक्षलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएपछि कुनै वास्ता नभएपछि आफुले समावेशी विकासको अवधारणा स्थापित गर्न तालाबन्दी गरेको बताए । कांग्रेस नेताहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै गाउँपालिका अध्यक्षको प्रवृत्ति गलत रहेको भन्दै नारावाजी गरेका थिए । विना सहमति आफु खुशी ताला खोले यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने कांग्रेसको चेतावनी छ ।
कांग्रेस जिल्ला सदस्य ज्ञानबहादुर डिमडुङ, क्षेत्रीय सदस्य मानबहादुर वाइवा, सिताराम सिन्तान, नेताहरु गुणराज स्यांतानसहित तरुण नेताहरुको उपस्थिति रहेको थियो । कैलाश गाउँपालिका विभिन्न कारणले विवाद पर्दै आएको छ । शिक्षक सरुवा, नियुक्ति, बजेट बाँडफाँट, गाउँपालिकाको बजेटबाट कम्युनिष्ट दर्शनको प्रशिक्षण लगायतका विषयमा पटक पटक विवाद हुँदै आएको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















