Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

‘मनपरी’ गरेको भन्दै कैलाश गाउँपालिकामा कांग्रेसको तालाबन्दी

Congress-Talaa-1564751828.jpg

१७ साउन, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । बजेट निर्माणका क्रममा गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तानले ‘मनपरी’ गरेको भन्दै कांग्रेसले तालाबन्दी गरेको हो ।
वडाबाट सिफारिस भएका योजनालाई गाउँपालिकाले समावेश नगराएको, समयमा बजेट नल्याएको र पक्षपाती ढंगले आफु निकटका अध्यक्षको वडामा मात्रै बजेट विनियोजन गरेको लगायतका आरोप लगाउँदै कांग्रेसले तालबन्दी गरेको ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तानले बताए । 
कार्यपालिका बैठकमा गाउँपालिकाका अध्यक्ष मोक्तानले एकपक्षीय ढंगले कांग्रेसबाट जितेका अध्यक्षहरुलाई पेलेर आफु खुशी योजना बाँडफाँड गर्न खोजेको तर त्यसो नगर्न आग्रह गर्दा वेवास्ता गरेपछि तालाबन्दी गरेको मोक्तानको भनाई छ । कांग्रेसले यसअघि नै गाउँपालिका उपाध्यक्षलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएपछि कुनै वास्ता नभएपछि आफुले समावेशी विकासको अवधारणा स्थापित गर्न तालाबन्दी गरेको बताए । कांग्रेस नेताहरुले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै गाउँपालिका अध्यक्षको प्रवृत्ति गलत रहेको भन्दै नारावाजी गरेका थिए । विना सहमति आफु खुशी ताला खोले यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने कांग्रेसको चेतावनी छ ।
कांग्रेस जिल्ला सदस्य ज्ञानबहादुर डिमडुङ, क्षेत्रीय सदस्य मानबहादुर वाइवा, सिताराम सिन्तान, नेताहरु गुणराज स्यांतानसहित तरुण नेताहरुको उपस्थिति रहेको थियो । कैलाश गाउँपालिका विभिन्न कारणले विवाद पर्दै आएको छ । शिक्षक सरुवा, नियुक्ति, बजेट बाँडफाँट, गाउँपालिकाको बजेटबाट कम्युनिष्ट दर्शनको प्रशिक्षण लगायतका विषयमा पटक पटक विवाद हुँदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार