File Photo
१९ साउन, दोलखा । शनिबार राति करिब ११ बजे गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित अप्लेपुका शिक्षक टीकाबहादुर खत्रीको मोबाइलमा फोन आयो – च्वाँसेघारीको भीरबाट पहिरो खस्यो, गाउँ छाडेर सुरक्षित स्थानतर्फ भाग्नू । उनी हतारिँदै बाहिर निस्के । परिवारका सबै सदस्यलाई पनि निकाले । च्वाँसेघारी भीरमुनि रहेको माथ्लो गाउँ झगडेधारोमा फोन गरेर त्यतै दौडिए । माथिबाट ठूलो आवाजमा जमिन कराउँदै पहिरो झर्दै थियो। मानिसहरू चिच्याइरहेका थिए।
टीकाबहादुरका अनुसार च्वाँसेघारीको भीरमुनिको बस्ती झगडेधारोका २१ मध्ये नौ घर राति नै पहिरोले पुरिसकेको थियो। सबैभन्दा माथि रहेको रमेश खत्रीको घरमा पहिरोको लेदो र बाढी पस्न थालेपछि गाउँलेले थाहा पाएका थिए। तर संयोग नै मान्नुपर्छ भर्खरै बनाएर सर्न बाँकी रहेकाले पुरिएका कुनै पनि घरमा मानिस बसेका थिएनन्। बाँकी तीन घरमा नौजना जति थिए। उनीहरू पहिरोमा घेरिए। घरको भुइँ तलामा लेदो र माटो पस्न सुरु गर्दै थियो।
१२ बजेतिर तल्लो गाउँका मानिसहरू आइपुगे। पहिरोमा दुई घण्टा जति घेरिएका उनीहरूलाई एक बजेतिर उद्धार गरी बायाँ र दायाँका सुरक्षितस्थलतर्फ लगियो। टीकाबहादुरका अनुसार झमझम पानी दर्किरहेको थियो। पहिरोमा परेकामध्ये केहीलाई पल्लो गाउँमा र केहीलाई सामुदायिक भवनमा लगेर राखियो। केहीले भने रातभरि सडक र खुला मैदानमा भिज्दै, काम्दै रात कटाए। झगडेधारोबाट पहिरोका छिर्का अप्लेपु सार्की गाउँसम्म पुग्यो।
दुवै बस्तीका गाउँलेले राति नै घर छाडेका थिए। झगडेका स्थानीय यमबहादुर खत्रीका अनुसार पहिरोका कारण २० घर विस्थापित बनेका छन्। च्वाँसेघारी भीरबाट खसेकोमध्ये ठूलो पहिरो झगडे गाउँ हुँदै अप्लेपु पुगेर सार्की गाउँसम्म क्षति पु¥याएको थियो।
च्वाँसेघारीबाटै डोकासिङ, बिरम्सी परी गाउँ, जुँगु बेसी हुँदै उखुबारीसम्म नाम्दु–क्षेत्रपा सडक खण्ड छिचोलेर अर्को पहिरो गएको थियो। यो बस्तीका स्थानीयसमेत रातभरि भागाभाग गरेका थिए। वडाध्यक्ष झलककुमार कार्कीका अनुसार पहिरो आएपछि भाग्ने क्रममा गत रातिदेखि हराएका बिरम्सी गाउँका जगतबहादुर खत्री शनिबार बेलुकीसम्म फेला पर्न सकेका छैनन्।
साँझदेखि नै लगातार परेको पानीले जुँगु बेसीको खोलामा बाढी आउँदा नाम्दु गाउँबाट क्षेत्रपा हुँदै जुँगुतर्फ आइरहेको एउटा बस करिब दुई घण्टासम्म फसेको थियो। सो बसमा फसेका यात्रुको उद्धार गर्न स्थानीयसँगै गएका युवा निशान खड्कासमेत शनिबार साँझसम्म फेला परेका छैनन्। यो घटनास्थल गाउँपालिकाको २ नम्बर वडामा पर्छ।
पहिरोका कारण ५० घर विस्थापित बनेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उनका अनुसार पहिरोमा परी झगडेधारोका १० घर पुरिएका छन् भने २२ घरमा क्षति पुगेको छ। २० भन्दा बढी घर जोखिममा परेका छन्। विस्थापितहरूलाई निलकण्ठेश्वर मावि, स्वास्थ्य चौकीसहित स्थानीय सहकारी र सामुदायिक भवनहरूमा व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।
प्रजिअ रिजालको नेतृत्वमा जिल्लाका सुरक्षा अधिकारीहरूसहित जिल्लास्तरीय विपत् व्यवस्थापन समितिको टोली शनिबार दिउँसै पहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसहित पुगेको थियो। प्रजिअ रिजालका अनुसार पीडितहरू बस्नका लागी सुरक्षाकर्मीमार्फत पाल हालिएको छ। विस्थापितहरूका निम्ति खाद्यान्नको व्यवस्थापन गर्न गाउँपालिकासँग समन्वय भएको रिजालले जानकारी दिए। शनिबार दिउँसो छिमेकी वैत्येश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा नेतृत्वको टोलीसमेत राहत बोकेर पहिरो क्षेत्रमा पुगेको थियो। यस्तै गौरीशंकर गाउँपालिकाले समेत राहत पु¥याएको छ।
(समाचार नागरिक दैनिकमा रमेश खतिवडाले लेखेका हुन् ।)
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















