Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हरियो वन कार्यक्रमको समिक्षा तथा समापन

Forest-1482668160.jpg

भीमसेन पौडेल
१० पुस, हेटौडा ।
अमेरिकी सहयोग नियोग युएसआइडी को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमको अवधि सकिएको छ ।
सन २०१२ अगस्तदेखि सञ्चालित यो परियोजना २०१६ अगस्तमा सकिएको हो । कार्यक्रमले २९ वटा जिल्लामा सुशासन,जलवायु परिवर्तन, आयआर्जन, विधान कार्ययोजना नवीकरण, सिचाई, तटवन्धन, खानेपानी लगायतका क्षेत्रहरुमा कार्य गरेको शनिवार हेटौडामा भएको  समीक्षा बैठकमा जानकारी गराईएको थियो ।

करिब ४ करोड अमेरीकी डलर खर्च गरिएको कार्यक्रमले अपेक्षा गरेको उपलव्धी हासिल भएको हरियो वन कार्यक्रमका सन्दिप शर्माले बताए । मकवानपुरमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नारी सीप सिर्जना केन्द्र र अस्मिता नेपालले कार्यक्रमको सहजीकरण गरेका थिए ।कार्यक्रम हेटौडा उपमहानगरपालिका, मनहरी, हाँडीखोला र चुरियामाई गाविसमा सञ्चालन गरिएको थियो ।

समिक्षा तथा समापन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी कार्यक्रम सहयोगी रेनुका लामाले हरियो वनको कार्यक्रम अन्तरगत संचालित कार्यक्रमहरुको बारेमा जानकारी गराएकी थिईन् । मकवानपुरमा महासंघले करिब ५९ लाख बराबरको कार्यक्रम सञ्चालन गरेको महासंघकी अध्यक्ष पञ्चमाया स्यांतानले बताईन् ।

कार्यक्रममा जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, पशु सेवा कार्यालयका प्रमुख डा. सन्जीव प्रधान, वनस्पती कार्यालयका प्रमुख नरहरी चापागाई,मकवानपुर वन प्राविधिक समाजका अध्यक्ष पुष्पराम थापा, विभिन्न सरकारी कार्यालय, सामुदायिक वन समूहका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार