Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा गोल्डकप फुटबलको तयारी तिब्र

NUMERIC-FOR-ADVERTISEMENT-1482729377.jpg

११ पुस, हेटौंडा । हेटौंडामा हुने दोश्रो अन्तराष्ट्रिय गोल्डकपको मिति नजिकिदै जाँदा प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढाइएको छ ।

सुमन भोम्जजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको हो ।प्रतिष्ठान अध्यक्ष भेष खड्गीगीका अनुसार प्रतियोगिताको तयारी स्वरुप बिभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाडफाँड गरी कामलाई तिब्रता दिइएको छ । अहिले मैदानको काम तिब्र रुपमा अघि बढाइएको उनले जानकारी दिए ।

अध्यक्ष खड्गीका अनुसार मैदानमा पानी हाल्दै चौरलाई व्यवस्थि पार्ने काम अघि बढिरहेको छ ।नेपाली सेनाको सहयोगमा मैदानलाई थप सुद्रिढ र व्यवस्थित पार्ने सँगै मैदानलाई थप व्यवस्थित पार्नका लागि बार्नेकाम अघि बढाइने भएको छ । प्रतियोगितामा सहभागिता रहने टिमको टुंगो लागेसँगै अब थप गतिमा काम अघि बढ्ने उनले जानकारी दिए । अध्यक्ष खड्गीले भने ‘प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो लागिसकेको छ, प्रायोजक तथा सहप्रयोजक पनि लगभग टुंगो लागिसक्यो अब तयारी तीब्र रुपमा अगाडि बढ्छ ।’

प्रतियोगिताको प्रायोजन गोर्खा ब्रुअरीले गरेको छ । पुस १४ गतेबाट २३ गतेसम्म सञ्चालन हुने गोल्डकपका लागि आगामी तीनवर्षसम्म गोर्खा ब्रुअरीले प्रायोजकको भूमिका निर्वाह गर्ने सम्झौंता भइसकेको छ । हेटौंडा–१० स्थित फरेष्ट्रीको खेल मैदानमा हुने प्रतियोगितामा नेपालका चर्चित छवटा ‘ए’ डिभिजन क्लबसहित तीन विदेशी क्लबले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा साविकको विजेता मनाङ मस्र्याङदी, नेपाली आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, सरस्वती, सहारा, घरेलु विजय युथ क्लबसहित भारत र भुटानी क्लबको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः पाँचलाख र तीनलाख रुपियाँ नगदसहित ट्रफि पाउँने छन् भने विधागत रुपमा उत्कृट खेलाडी र हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार