Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

पृथ्वीको उत्तरी ध्रुव रुसतर्फ अघि बढ्दैछ !

earth_12_6923080-1564968341.jpg

२० साउन, हेटौँडा । पृथ्वीको चुम्बकीय उत्तरी ध्रुव (म्याग्नेटिक नर्थ पोल) क्यानडाको आर्टिक क्षेत्रबाट रसियास्थित साइबेरियातर्फ अघि बढिरहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् । 
‘नेस्नल सेन्टर्स फर इन्भारोमेन्टल इन्फरमेसन, नोआजले यसमा आइरहेको परिवर्तनबारे सही जानकारी पाउन ‘वल्र्ड म्याग्नेटिक मोडेल’, डब्लुएमएम अपडेट गरेको थियो । 
डब्लुएमएमको नयाँ भर्जन हरेक पाँच वर्षमा रिलिज गर्ने गरिएपनि समय अगावै पोलको गति बढ्न थालेपछि वैज्ञानिकहरुले अपडेट गर्नुपरेको बताएका छन् ।  
डब्लुएमएम विशेषगरी जिपिएस र नेभिगेसन प्रणाली अनि नासा लगायतका संस्थाले स्याटलाइटलाई ट्रयाक गर्न, उडान व्यवस्थापन गर्न र स्मार्टफोन लगायत विद्युत्तिय कम्पनीहरुले म्यापमा सुरक्षित दिशा प्रदान गर्न प्रयोग गर्ने गरेका छन् । त्यसैले दिशाको उचित मापनका लागि म्याग्नेटिक पोल महत्वपूर्ण मानिन्छ । 
वास्तवमा पृथ्वीको भित्री भागमा रहेका विभिन्न तरल धातुहरुले नै पोलको स्थान निर्धारण गर्ने गर्दछन् । यस्तोमा त्यहाँ आइरहेको लगातार कम्पनका कारण पनि यस्तो प्रभाव परेको हुन सक्ने वैज्ञानिकहरुको अनुमान छ । 
यसरी अठार र उन्नाइसऔँ शताब्दीमा सो पोल उत्तरी क्यानडाबाट पूर्वतर्फ अघि बढिरहेको थियो तर बीसऔँ शताब्दी सुरु भएदेखि भने यो रुसतर्फ अगाडि बढ्न थालेको हो । यसमा पनि एक्काइसौँ शताब्दी पुगेपछि पोलको अघि बढ्ने गति ९ किलोमिटर प्रति वर्ष बाट अहिले ५५ किलोमिटर प्रति वर्ष पुगेको हो । 
यस्तोमा यो प्रक्रिया म्याग्नेटिक पोल पल्टिने संकेत हुन सक्ने बताइएको छ । त्यस्तो भएमा यसलाई प्राकृतिक रुपमा पहिलेको स्थानमा आउन सयौँ हजारौँ वर्ष लाग्न सक्ने बताइएको छ । 
प्रत्येक हजार या सय वर्षमा चुम्बक पल्टिने गरेको वैज्ञानिकहरुको भनाइ छ । यसले मानिसका साथै चराहरुलाई पनि प्रभावित गर्ने बताइएको छ । बसाइँ सराइँका लागि चराले पृथ्वीकै चुम्बकीय धु्रवलाई आधार मानेर आफ्नो दिशा निर्धारण गर्ने गर्दछ । (साभारःबाह्खरी डिजिटल न्युज)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार