Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

बूढेसकालमा पुरुषभन्दा तीक्ष्ण हुन्छन् महिला 

Women_brain_12_527469403-1564968588.jpg

२० साउन, हेटौँडा । मस्तिष्कको क्षमतामा महिलाहरु पुरुष भन्दा धेरै अगाडि रहेको  एक अनुसन्धानमा पत्ता लगाइएको छ । 
यसरी औसतमा पुरुषहरुको दिमाग महिला भन्दा झन्डै चार वर्ष अगाडि नै बुढो हुने गरेको बताइएको हो जसकै कारण बुढेसकालमा समेत महिलाहरु पुरुषको तुलनामा बढी तिक्ष्ण हुने गरेको बताइएको छ ।
अनुसन्धानकर्ताहरुले २० देखि ८२ वर्षीया मानिसहरुको मस्तिष्क स्क्यान गरि यस्तो तथ्य पत्ता लगाएका हुन् जसमा महिलाहरुको मस्तिष्कको उमेर जैविक रुपले पुरुष भन्दा ३.८ वर्ष कम रहेको पाइएको हो ।
सो नतिजा मस्तिष्कले गर्ने ग्लुकोजको प्रयोगमा आधारित रहेको छ जसबाट प्राप्त हुने ऊर्जाले दिमागको प्रदर्शनमा प्रभाव पार्दछ । यसका साथै महिला र पुरुषको दिमागले काम गर्ने आन्तरिक तरिका पनि फरक रहेको पत्ता लगाइएको हो । 
त्यसैले पनि पुरुषहरुको भाषिक क्षमता र स्मरण शक्ति महिलाको तुलनामा चाँडै कम हुँदै जाने गरेको स्पष्ट भएको छ । यता महिलाहरुको कम उमेरको मस्तिष्कले भने उनीहरुलाई तुलनात्मक रुपमा लामो समयसम्म बिर्सने लगायतका रोगबाट बचाइराख्न सक्ने बताइएको छ ।
 सेन्ट लुइस स्थित वासिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका डाक्टर मानु गोयालका अनुसार यस अनुसन्धानपछि मस्तिष्कको बूढो हुने प्रक्रियामा लिङ्गको भूमिकाबारे धेरै कुरा थाहा भएको हो । 
त्यसैगरी मस्तिष्क सम्बन्धी रोग लाग्ने सम्भावना पनि यो तथ्यसँग सम्बन्धित हुन सक्ने उनले बताए । यसरी दिमागले काम गर्ने जैविक प्रक्रियाले हामीलाई उमेर ढल्दै गएपछि पुरुष र महिलाको मस्तिष्कमा कस्तो भिन्नता हुन्छ भन्नेबारे बुझ्न मद्दत गरिरहेको वैज्ञानिकहरुको भनाइ छ । 
यसमा उनीहरुले २०५ जनाको वास्तविक उमेर र तिनको मस्तिष्कको उमेर तुलना गरेका थिए । 
वास्तवमा हाम्रो उमेर बढेसँगै मस्तिष्कले ऊर्जा उत्पादन गर्न कम ग्लुकोज प्रयोग गर्न थाल्छ जसपछि दैनिकका मानसिक चुनौति पूरा गर्न कठिन हुँदै जान्छ ।  
यस्तोमा कम्प्युटर अल्गोरिदमले बढी उमेरका महिलाहरुले समेत दिमागी विकासका लागि धेरै मात्रामा ग्लुकोजको प्रयोग गर्ने गरेको पाइएको हो । जसपछि नै उनीहरुको मस्तिष्क अझै जवान अवस्थामै रहेको पत्ता लागेको हो  । 
यसरी सबैभन्दा कम उमेरका महिलासँग तुलना गर्दा समेत नतिजामा धेरै भिन्नता देखा नपरेको नेस्नल एकेडेमी अफ साइसेजका अनुसन्धानकर्ताले बताएका हुन् ।  (साभारः बाह्खरी डिजिटल न्युज)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार