Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

बूढेसकालमा पुरुषभन्दा तीक्ष्ण हुन्छन् महिला 

Women_brain_12_527469403-1564968588.jpg

२० साउन, हेटौँडा । मस्तिष्कको क्षमतामा महिलाहरु पुरुष भन्दा धेरै अगाडि रहेको  एक अनुसन्धानमा पत्ता लगाइएको छ । 
यसरी औसतमा पुरुषहरुको दिमाग महिला भन्दा झन्डै चार वर्ष अगाडि नै बुढो हुने गरेको बताइएको हो जसकै कारण बुढेसकालमा समेत महिलाहरु पुरुषको तुलनामा बढी तिक्ष्ण हुने गरेको बताइएको छ ।
अनुसन्धानकर्ताहरुले २० देखि ८२ वर्षीया मानिसहरुको मस्तिष्क स्क्यान गरि यस्तो तथ्य पत्ता लगाएका हुन् जसमा महिलाहरुको मस्तिष्कको उमेर जैविक रुपले पुरुष भन्दा ३.८ वर्ष कम रहेको पाइएको हो ।
सो नतिजा मस्तिष्कले गर्ने ग्लुकोजको प्रयोगमा आधारित रहेको छ जसबाट प्राप्त हुने ऊर्जाले दिमागको प्रदर्शनमा प्रभाव पार्दछ । यसका साथै महिला र पुरुषको दिमागले काम गर्ने आन्तरिक तरिका पनि फरक रहेको पत्ता लगाइएको हो । 
त्यसैले पनि पुरुषहरुको भाषिक क्षमता र स्मरण शक्ति महिलाको तुलनामा चाँडै कम हुँदै जाने गरेको स्पष्ट भएको छ । यता महिलाहरुको कम उमेरको मस्तिष्कले भने उनीहरुलाई तुलनात्मक रुपमा लामो समयसम्म बिर्सने लगायतका रोगबाट बचाइराख्न सक्ने बताइएको छ ।
 सेन्ट लुइस स्थित वासिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका डाक्टर मानु गोयालका अनुसार यस अनुसन्धानपछि मस्तिष्कको बूढो हुने प्रक्रियामा लिङ्गको भूमिकाबारे धेरै कुरा थाहा भएको हो । 
त्यसैगरी मस्तिष्क सम्बन्धी रोग लाग्ने सम्भावना पनि यो तथ्यसँग सम्बन्धित हुन सक्ने उनले बताए । यसरी दिमागले काम गर्ने जैविक प्रक्रियाले हामीलाई उमेर ढल्दै गएपछि पुरुष र महिलाको मस्तिष्कमा कस्तो भिन्नता हुन्छ भन्नेबारे बुझ्न मद्दत गरिरहेको वैज्ञानिकहरुको भनाइ छ । 
यसमा उनीहरुले २०५ जनाको वास्तविक उमेर र तिनको मस्तिष्कको उमेर तुलना गरेका थिए । 
वास्तवमा हाम्रो उमेर बढेसँगै मस्तिष्कले ऊर्जा उत्पादन गर्न कम ग्लुकोज प्रयोग गर्न थाल्छ जसपछि दैनिकका मानसिक चुनौति पूरा गर्न कठिन हुँदै जान्छ ।  
यस्तोमा कम्प्युटर अल्गोरिदमले बढी उमेरका महिलाहरुले समेत दिमागी विकासका लागि धेरै मात्रामा ग्लुकोजको प्रयोग गर्ने गरेको पाइएको हो । जसपछि नै उनीहरुको मस्तिष्क अझै जवान अवस्थामै रहेको पत्ता लागेको हो  । 
यसरी सबैभन्दा कम उमेरका महिलासँग तुलना गर्दा समेत नतिजामा धेरै भिन्नता देखा नपरेको नेस्नल एकेडेमी अफ साइसेजका अनुसन्धानकर्ताले बताएका हुन् ।  (साभारः बाह्खरी डिजिटल न्युज)
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार