Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अटोको सिटमा लुकाएर गाँजा ओसारपसार, तीन पक्राउ

Gajaa-(1)-1564985342.jpg

२० साउन, हेटौँडा । मकवानपुर प्रहरीले अटोमा लुकाएर गाँजा ओसारपसार गर्ने तीजन जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका वडा नम्बर ८ देवकोटका १९ बर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका २४ बर्षीय राजेश पेटल र १९ बर्षीय मुन्ना अन्सारी रहेका छन् ।
प्रहरीले सोमबार विहान सूचनाको आधारमा हेटौँडा–११ थानाभर्याङमा चेकजाँच गर्दा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना१ह ९७४६ नम्बरको अटोबाट १४ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ । प्रहरी निरीक्षक पवनकुमार झाको टोली जाँच गर्दा अटोको सिट काटेर त्यसमा गाजाँको प्याकेट राखेको र छतमा समेत पोका बनाई लुकाएर ६ वटा पोकामा गाँजा ओसारेको पाईएको थियो । 
उनीहरुलाई पत्रकार सम्मेलन गरी प्रहरीले दिउँसो सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले गाँजा तस्करीको नयाँ उपाय सार्वजनिक भएको बताए ।
यस्तै, प्रहरीले बैशाख ६ गते भारतीय कारमा बरामद गरेको ४८ किलो ८ सय ग्राम गाँजाका मूख्य अभियुत्र भारत विहान पटनाका ३४ बर्षीय प्रवल अग्निवेशलाई पनि चितवन पुलचोकबाट पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले यसअघि कार चालक विहार बैलाशीका ३२ बर्षीय अमरजित सिंहलाई पक्राउ गरिसकेको थियो ।

Gajaa-(2)-1564985342.jpg
Gajaa-(3)-1564985343.jpg
Gajaa-(4)-1564985358.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार