११ पुस, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अहिले चलिरहेको हेटौंडा बजारभित्रको २५ मिटर सडक भत्कने बारेमा आफूले अहिल्यै केही नबुझी भन्न नसक्ने बताएका छन् ।
नेपाली काँग्रेस पार्टी मकवानपुरमा सोमबार भएको छलफल कार्यक्रममा मन्त्री लेखकले यहाँका स्थानीयको धेरै समस्याहरु अहिले सुनेकोले पहिले त्यसको सम्पूर्ण प्राविधिक पक्षहरु आधिकारिक रुपमा बुझेर केही समयमै विस्तृत निर्णय लिने बतााए ।
त्यस्तै यातायात कार्यालय हेटौंडाका प्रमूखलाई निर्देशन दिंदै मन्त्री लेखकले भने-'हेटौंडाबाटै लाइसेन्स वितरणलगायत अन्य यातायातसम्बन्धी कार्य गराउनको लागि केके समस्या छ भन्नुहोस्, म केहीदिनभित्रै सम्पूर्ण समस्या समाधान गरिदिन्छु । त्यसको लागि तपाईले मलाई समस्याहरु बताउनुहोस् ।'
छलफल कार्यक्रममा मन्त्री लेखकले विपिको सपना रहेको कान्तिलोकपथ सडक निर्माण काँग्रेस पार्टीले शुरू गरेको र काँग्रेसकै नेतृत्वमा सम्पन्न गर्ने बताए । एमाले माओवादी सरकारमा हुँदा कहिल्यैपनि यो सडकमा ध्यान नदिएको बताए ।
मन्त्री लेखकले जसरी पनि चुनाव हुन्छ र लोकतन्त्रमा चुनावको विकल्प नभएकाले चुनावको लागि तयारी गर्न जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल तरुण दलका निवर्तमान सभापति एवं ललितपुर क्षेत्र नम्बर १ सांसद उदयसमशेर राणा, वाग्लुङ जिल्ला सांसद प्रकाश पौडेल, काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहार माइकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहाकार रिता खनाललगायत जिल्ला कार्यसमिति र नेपाली काँग्रेसका कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















