Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा खुल्यो माटो र मल तथा विषादी अवशेष परिक्षण प्रयोगशाला 

rrr-6-1565007129.jpg

२० साउन, हेटौँडा । हेटौंडामा माटो र मल परिक्षण प्रयोगशाला सँगै विषादी अवशेष परिक्षण प्रयोगशाला पनि सञ्चालनमा आएको छ । 
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्र्तगत रहने प्रयोगशालाहरुको सोमबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । 
मुख्यमन्त्री पौडेलले उद्घाटन पछि प्रयोगशालाको अवलोकन समेत गरेका थिए ।
विषादी परिक्षण प्रयोगशाला कार्यान्वयन गर्न विषादी अवशेष द्रुत विष्लेषण कार्यविधि २०७५ मन्त्रिपरिषदबाट स्वीकृत भई प्रदेशको पाँच जिल्लामा प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको तयारी रहेको मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए । 
अवशेष प्रयोगशालाले प्रतिघण्टा २०–३० वटा तरकारी तथा फलफुलको नमुना परिक्षण गरि अर्गानोफस्फेट र कार्बोमेट समूहका किटनाशक विषादी र ढुँसीनाशक विषादीको परिक्षण गर्न सकिने छ भने परिक्षणको लागि थोक तथा खुद्र विक्रेता, कृषक र उपभोक्ताहरुले निशुल्क विषादी परिक्षण सेवा पाउने छन् ।
यस्तै मन्त्रालय मातहतमा रहने गरी स्थापना हुने माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडा, कृषि ज्ञान केन्द्र चितवन, ललितपुर, काभ्रे र नुवाकोटमा स्थापन गरिने पनि गदालले बताए ।
कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सभाका प्रमुख सचेतक रामेश्वर फुयाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम वस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगाएतको उपस्थिति रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार