२० साउन, हेटौँडा । हेटौंडामा माटो र मल परिक्षण प्रयोगशाला सँगै विषादी अवशेष परिक्षण प्रयोगशाला पनि सञ्चालनमा आएको छ ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्र्तगत रहने प्रयोगशालाहरुको सोमबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री पौडेलले उद्घाटन पछि प्रयोगशालाको अवलोकन समेत गरेका थिए ।
विषादी परिक्षण प्रयोगशाला कार्यान्वयन गर्न विषादी अवशेष द्रुत विष्लेषण कार्यविधि २०७५ मन्त्रिपरिषदबाट स्वीकृत भई प्रदेशको पाँच जिल्लामा प्रयोगशाला स्थापना गर्ने मन्त्रालयको तयारी रहेको मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए ।
अवशेष प्रयोगशालाले प्रतिघण्टा २०–३० वटा तरकारी तथा फलफुलको नमुना परिक्षण गरि अर्गानोफस्फेट र कार्बोमेट समूहका किटनाशक विषादी र ढुँसीनाशक विषादीको परिक्षण गर्न सकिने छ भने परिक्षणको लागि थोक तथा खुद्र विक्रेता, कृषक र उपभोक्ताहरुले निशुल्क विषादी परिक्षण सेवा पाउने छन् ।
यस्तै मन्त्रालय मातहतमा रहने गरी स्थापना हुने माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडा, कृषि ज्ञान केन्द्र चितवन, ललितपुर, काभ्रे र नुवाकोटमा स्थापन गरिने पनि गदालले बताए ।
कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सभाका प्रमुख सचेतक रामेश्वर फुयाल, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम वस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल लगाएतको उपस्थिति रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















