Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अडान स्थापनाको अवसरमा छात्रवृत्ति प्रदान

Audan-1565008667.jpg

२० साउन, हेटौँडा । नेपाल अडिटर्स एशोसियसन (अडान) मकवानपुरले १४ औं स्थापना दिवसको अवसरमा एक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । 
हेटौडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीहरुलाई कपी, कलम र पोशाकको लागि जनही ६ हजारका दरले छात्रवृति प्रदान गरिएको थियो । विद्यालयमा अध्ययन गर्ने दलित, जनजाती र गरिव विद्यार्थीहरुलार्ई छात्रवृति प्रदान गरिएको विद्यालयले जनाएको छ । 
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मन्दिरा घिमिरेले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराउँनु भएको थियो । हेटौडा–६ नम्बर वडा सदस्य रामहरि राईको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ढुङगानाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य प्रकाश ढकाल, जिल्ला अध्यक्ष पूर्णमान श्रेष्ठ, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रमा अडान ३ नं. प्रदेशका सदस्य तेजप्रसाद रुपाखेती, जिल्ला उपाध्यक्ष तेजप्रसाद आचार्य, सचिव रामकृष्ण देवकोटा, विद्यालयका शिक्षक शिक्षिका, संचारकर्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको थियो । कक्षा ५ सम्म अध्यापन हुने यस विद्यालयमा ८३ जना विद्यार्थीहरु अध्यययनरत छन । 
विद्यालयमा अधिकांश दलित तथा जनजाती विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार