Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

अडान स्थापनाको अवसरमा छात्रवृत्ति प्रदान

Audan-1565008667.jpg

२० साउन, हेटौँडा । नेपाल अडिटर्स एशोसियसन (अडान) मकवानपुरले १४ औं स्थापना दिवसको अवसरमा एक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । 
हेटौडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीहरुलाई कपी, कलम र पोशाकको लागि जनही ६ हजारका दरले छात्रवृति प्रदान गरिएको थियो । विद्यालयमा अध्ययन गर्ने दलित, जनजाती र गरिव विद्यार्थीहरुलार्ई छात्रवृति प्रदान गरिएको विद्यालयले जनाएको छ । 
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक मन्दिरा घिमिरेले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराउँनु भएको थियो । हेटौडा–६ नम्बर वडा सदस्य रामहरि राईको प्रमुख आतिथ्यता एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद ढुङगानाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेपाल अडिटर्स एशोसियसनका केन्द्रीय सदस्य प्रकाश ढकाल, जिल्ला अध्यक्ष पूर्णमान श्रेष्ठ, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रमा अडान ३ नं. प्रदेशका सदस्य तेजप्रसाद रुपाखेती, जिल्ला उपाध्यक्ष तेजप्रसाद आचार्य, सचिव रामकृष्ण देवकोटा, विद्यालयका शिक्षक शिक्षिका, संचारकर्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको थियो । कक्षा ५ सम्म अध्यापन हुने यस विद्यालयमा ८३ जना विद्यार्थीहरु अध्यययनरत छन । 
विद्यालयमा अधिकांश दलित तथा जनजाती विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार