Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

तामाङ प्रसारण दिवसमा अन्तरक्रिया हुने

Tamang-1565012718.jpg

२० साउन, हेटौँडा । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । 
मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ  घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका नेतृत्व गरिरहेका बुद्धिजीविहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको हो ।
रेडियो नेपालमा पहिलो पटक तामाङ भाषामा समाचार प्रसारण शुरु गरेको दिनको सम्झनामा मनाईदै आइएको तामाङ प्रसारण दिवसका अवसरमा यस अघि संघले सम्मान कार्यक्रमको आयोजना गरेको थियो । वरिष्ठ सञ्चारकर्मी पूर्णिमा गोलेलाई गत वर्ष तामाङ पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो । यस वर्ष भने तामाङ बुद्धिजीवीसँग तामाङ सञ्चार र यसका प्रभाव लगायतका अन्य विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको शाखाका सचिव दिलबहादुर लामाले बताए । 
बैठकमा कार्य समिति सदस्यहरु जयराम मोक्तान, दिपकसिंह रुम्बा, सन्देश थिङ, भुवन घलान र कुमारी तामाङले विशेष जिम्मेवारी लिँदै कार्यक्रमका लागि तयारी गर्ने जिम्मेवारी लिएका छन् । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा गरिनेछ ।
संघले आगामी दिनमा मकवानपुरका विभिन्न स्थानीय तहसँग समन्वय गरी तामाङ भाषा तथा सँस्कृतिसँग सम्बन्धित विविध कार्यक्रमहरु समेत गर्ने निर्णय गरेको छ । गाउँ गाउँमा तामाङ पत्रकारहरु उत्पादन गर्ने तथा समाचार लेखनका लागि गाउँमा नै सञ्चारकर्मीहरु उत्पादन गर्ने समेत संघले तयारी गरेको छ । यसका लागि कार्य समिति सदस्यहरुले गाउँपालिका, वडा तथा नगरसँग समन्वय गर्ने जिम्मेवारी समेत लिएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार