Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २० मा 

noc_meeting_AJ97dZhxhl-1565053770.png

२१ साउन, हेटौँडा । नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव आउँदो सेप्टेम्बर ६ अर्थात भदौ २० मा हुने भएको छ । 
एनओसीको बोर्ड बैठकले सेप्टेम्बरको पहिलो साता चुनाव गर्ने मिति तय गरेको हो । यसका साथै कमिटीले कार्यसमितिमा पनि हेरफेर गरेको छ । यसअघि १७ सदस्यीय समितिको संख्यालाई बढाउँदै १९ सदस्यीय समिति हुने भएको छ । 
अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेर एनओसीले नयाँ चुनावको मिति तोकेको हो । 
बैठकले चुनाव सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन् ।
यसपटकको निर्वाचनले अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सचिव ३ जना, कोषाध्यक्ष १ जना र सदस्य ७ जना गरी १९ जना पदाधिकारी चयन गर्नेछ । बाँकी रहेका एक जना मनोनयन गरिनेछ । 
यस पटकको चुनावमा अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अघिल्लो कार्यकालमा पनि जीवनरामसँगै हारेका उमेशलाल फेरि उठ्ने बताइएको छ । 
एनओसीमा मताधिकारको अधिकार भएका कुल २७ ओटा संघहरू रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार