Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २० मा 

noc_meeting_AJ97dZhxhl-1565053770.png

२१ साउन, हेटौँडा । नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव आउँदो सेप्टेम्बर ६ अर्थात भदौ २० मा हुने भएको छ । 
एनओसीको बोर्ड बैठकले सेप्टेम्बरको पहिलो साता चुनाव गर्ने मिति तय गरेको हो । यसका साथै कमिटीले कार्यसमितिमा पनि हेरफेर गरेको छ । यसअघि १७ सदस्यीय समितिको संख्यालाई बढाउँदै १९ सदस्यीय समिति हुने भएको छ । 
अन्तराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेर एनओसीले नयाँ चुनावको मिति तोकेको हो । 
बैठकले चुनाव सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन् ।
यसपटकको निर्वाचनले अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सचिव ३ जना, कोषाध्यक्ष १ जना र सदस्य ७ जना गरी १९ जना पदाधिकारी चयन गर्नेछ । बाँकी रहेका एक जना मनोनयन गरिनेछ । 
यस पटकको चुनावमा अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अघिल्लो कार्यकालमा पनि जीवनरामसँगै हारेका उमेशलाल फेरि उठ्ने बताइएको छ । 
एनओसीमा मताधिकारको अधिकार भएका कुल २७ ओटा संघहरू रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार