२१ साउन, हेटौँडा । विश्वव्यापी रुपमा नदीको प्रदुषण बढिरहँदा यसको सुरक्षाका निम्ति अधिकार दिने प्रवृत्ति पनि बढ्दै गएको छ । प्रकृतिको सम्मान गर्ने चलन धेरै अगाडिदेखिको हो तर त्यसलाई कानुनी मान्यता दिइएको भने धेरै वर्ष भएको छैन ।
वातावरणबारे सचेत हुँदै गएका राष्ट्रले पछिल्लो समय नदी संरक्षणलाई गम्भीरतापूर्वक लिइरहेका छन् । यस्तोमा जुलाईको सुरुवातमा मात्र बंगलादेश विश्वकै पहिलो त्यस्तो मुलुक बन्यो जसले आफ्ना सबै नदीहरुलाई मान्छेसरह कानुनी अधिकार प्रदान गरेको छ ।
बंगलादेशले सो कानुन नदीहरुलाई प्रदुषण र अवैध उत्खनन् अनि अनुचित मानव क्रियाकलापबाट बचाउन लागु गरेको हो । यसबारेमा ढाकास्थित वातावरणीय समुहका सचिव मोहोम्मद अब्दुल मार्टिनले भनेका छन, “बंगलादेशमा नदीलाई सबैको आमाका रुपमा लिइन्छ ।”
अब कसैले पनि नदीलाई क्षति पुर्याउने किसिमको कार्य गरेमा सरकारले कानुनी कारबाही अघि बढाइनेछ । उनीहरुले आफ्नै आमालाई नोक्सान पुर्याएसरह सजायँ भोग्नुपर्ने मार्टिन बताउँछन् ।
यसरी नदीलाई जिवित प्राणीका रुपमा कानुनी पहिचान दिने बांग्लादेश सहित अन्य थुप्रै देशहरु छन् । जस्तै २००८ मा युक्याडरले विश्वमै पहिलोपटक आफ्नो संविधानमा प्रकृतिलाई कानुनीअधिकार दिने नियम उल्लेख गरेको थियो ।
यसपछि २०११ मा बोलिभियाले पनि यस्तै कानुन ल्याएको हो भने न्युजिल्यान्ड एउटा निश्चित नदिलाई कानुनी अधिकार दिने पहिलो राष्ट्र बनेको थियो । त्यस पश्चात् भारतको उत्तराखन्डमा समेत केही निश्चित नदिलाई मान्छे सरह अधिकार दिने सर्वोच्चले घोषणा गरेको हो ।
यसै वर्ष अमेरिकाको ओहिओले पनि ‘लेक इर बिल अफ राइट्स’ भन्ने कानुन पारिद गरेको छ जसले पनि प्रकृतिलाई अधिकार दिन कानुन स्वीकृत गरेको हो ।
तर कतिपय किसान र नदी किनारामा बस्ने समुदायहरुले भने प्रकृतिलाई अधिकार दिनुले उनीहरुको जीउने आधार नै खोसिएको भनि आलोचना पनि गरेका छन् । त्यसैगरी ती कानुनहरु कार्यान्वयन हुने कुरामा पनि शंका व्यक्त गरिएको छ ।
जस्तै भारतको सर्वोच्च अदालतले सो निर्णय सुनाउना साथै त्यसको संरक्षकका रुपमा कसले जिम्मा लिने भन्ने कुरा स्पष्ट नभएको गुनासो गरिएको थियो । किनकि त्यहाँका धेरै नदीहरु उत्तराखन्डको सीमा पारिसम्म फैलिएका छन् ।
सीमा सम्बन्धी यस्तै समस्याबारे बंगलादेश पनि चिन्तित छ किनकि उनीहरुले सो नियमको पालन गर्न भारत लगायत छिमेकी देशलाई जबरजस्ती गर्न सक्दैनन् । खबर बाह्खरीमा छ ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















