Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

बंगलादेशमा नदीलाई पनि मान्छेसरह कानुनी अधिकार दिइँदै

Rever_12_382015889-1565055936.jpg

२१ साउन, हेटौँडा । विश्वव्यापी रुपमा नदीको प्रदुषण बढिरहँदा यसको सुरक्षाका निम्ति अधिकार दिने प्रवृत्ति पनि बढ्दै गएको छ । प्रकृतिको सम्मान गर्ने चलन धेरै अगाडिदेखिको हो तर त्यसलाई कानुनी मान्यता दिइएको भने धेरै वर्ष भएको छैन । 
वातावरणबारे सचेत हुँदै गएका राष्ट्रले पछिल्लो समय नदी संरक्षणलाई गम्भीरतापूर्वक लिइरहेका छन् । यस्तोमा जुलाईको सुरुवातमा मात्र बंगलादेश विश्वकै पहिलो त्यस्तो मुलुक बन्यो जसले आफ्ना सबै नदीहरुलाई मान्छेसरह कानुनी अधिकार प्रदान गरेको छ । 
बंगलादेशले सो कानुन नदीहरुलाई प्रदुषण र अवैध उत्खनन् अनि अनुचित मानव क्रियाकलापबाट बचाउन लागु गरेको हो । यसबारेमा ढाकास्थित वातावरणीय समुहका सचिव मोहोम्मद अब्दुल मार्टिनले भनेका छन, “बंगलादेशमा नदीलाई सबैको आमाका रुपमा लिइन्छ ।” 
अब कसैले पनि नदीलाई क्षति पुर्याउने किसिमको कार्य गरेमा सरकारले कानुनी कारबाही अघि बढाइनेछ । उनीहरुले आफ्नै आमालाई नोक्सान पुर्याएसरह सजायँ भोग्नुपर्ने मार्टिन बताउँछन् । 
यसरी नदीलाई जिवित प्राणीका रुपमा कानुनी पहिचान दिने बांग्लादेश सहित अन्य थुप्रै देशहरु छन् । जस्तै २००८ मा युक्याडरले विश्वमै पहिलोपटक आफ्नो संविधानमा प्रकृतिलाई कानुनीअधिकार दिने नियम उल्लेख गरेको थियो । 
यसपछि २०११ मा बोलिभियाले पनि यस्तै कानुन ल्याएको हो भने न्युजिल्यान्ड एउटा निश्चित नदिलाई कानुनी अधिकार दिने पहिलो राष्ट्र बनेको थियो । त्यस पश्चात् भारतको उत्तराखन्डमा समेत केही निश्चित नदिलाई मान्छे सरह अधिकार दिने सर्वोच्चले घोषणा गरेको हो । 
यसै वर्ष अमेरिकाको ओहिओले पनि ‘लेक इर बिल अफ राइट्स’ भन्ने कानुन पारिद गरेको छ जसले पनि प्रकृतिलाई अधिकार दिन कानुन स्वीकृत गरेको हो । 
तर कतिपय किसान र नदी किनारामा बस्ने समुदायहरुले भने प्रकृतिलाई अधिकार दिनुले उनीहरुको जीउने आधार नै खोसिएको भनि आलोचना पनि गरेका छन् । त्यसैगरी ती कानुनहरु कार्यान्वयन हुने कुरामा पनि शंका व्यक्त गरिएको छ । 
जस्तै भारतको सर्वोच्च अदालतले सो निर्णय सुनाउना साथै त्यसको संरक्षकका रुपमा कसले जिम्मा लिने भन्ने कुरा स्पष्ट नभएको गुनासो गरिएको थियो । किनकि त्यहाँका धेरै नदीहरु उत्तराखन्डको सीमा पारिसम्म फैलिएका छन् । 
सीमा सम्बन्धी यस्तै समस्याबारे बंगलादेश पनि चिन्तित छ किनकि उनीहरुले सो नियमको पालन गर्न भारत लगायत छिमेकी देशलाई जबरजस्ती गर्न सक्दैनन् । खबर बाह्खरीमा छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार