२१ साउन, हेटौँडा । पर्वतको मोदीबेनीस्थित नृृसिंह मन्दिरमा सङ्ग्रहित गरेर राखिएका शालिग्राम शिला चोरी गरेको अभियोगमा पक्राउ परेका चार जना अभियुक्तलाई पर्वत जिल्ला अदालतले कैद र दण्ड जरिवानाको फैसला सुनाएको छ ।
पर्वत जिल्ला अदालतको फैसलाले आरोपित कशम पुनमगर, लेखबहादुर सार्की, सुम गुरुङ र अञ्जल बराइलीलाई अभियुक्त ठहर गरी जनही चार वर्ष जेल सजायसहित रु ४० हजार जरिवानाको सजाय सुनाएको हो ।
आरोपितलाई जिल्ला प्रहरी कार्यालयले गत २६ फागुनमा शालिग्राम शिलासहित नियन्त्रणमा लिएको थियो । चोरी गरिएका ३८ थान शालिग्रामसहित प्रहरीले तीन जना अभियुक्तलाई तत्काल तथा एक जनालाई सोधपुछ र अनुसन्धानका क्रममा पक्राउ गरेको थियो ।
हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतारको रुपमा पूजा गर्ने शालिग्राम शिला कुश्मा नगरपालिका–४ छमर्केको जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको थियो ।
पर्वत जिल्ला अदालतले मुलुकी संहिता ऐन २०७४ को परिच्छेद २० को दफा २४२ अनुसार मन्दिर तथा देवदेवालयमा रहेका सामग्री चोरी गर्नेलाई कम्तिमा दुई वर्षदेखि सात वर्षसम्म कैद सजाय र रु २० हजारभन्दा माथि जरिवाना गर्ने व्यवस्थाबमोजिम उक्त फैसला सुनाएको हो ।
शालिग्राम चोरीको अभियोगमा सजाय भोग्नेमा कुश्मा नगरपालिका–४ का २८ वर्षीय कसम पुन, कुश्मा नगरपालिका–६ बस्ने २९ वर्षीय सुमन गुरुङ, कुश्मा नगरपालिका–१० बस्ने ३२ वर्षीय लेखबहादुर नेपाली र धादिङको नीलकण्ठ नगरपालिका घर भई कुश्मा नगरपालिका–५ मा बस्दै आएका २५ वर्षीय अन्जन बराइली रहेका छन् ।
विसं १८९० मा बनाइएको नृसिंह मन्दिरमा त्यति बेलादेखि नै शालिग्राम शिला राखिएको इतिहास छ । मन्दिरमा १०० ग्रामदेखि ५०० ग्रामसम्मका साना–ठूला शालिग्राम शिला राखिएको थियो । भारतका विभिन्न शहरमा शालिग्राम महङ्गो मूल्यमा बिक्री हुने गरेको छ । फोटोः गुगल
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















