२१ साउन, हेटौँडा । नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन, सहितका नेता पक्राउ परेका छन् ।
जम्मू कश्मीरमा केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कफ्र्यू लगाएको छ । कश्मीरी पण्डितले सरकारको घोषणाको स्वागत गरे पनि मुस्लिम बाहुल्य क्षेत्रमा भने विरोध भइरहेकाले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जम्मू–कश्मीरको विशेष अधिकार खारेज गर्ने र लद्दाखलाई केन्द्र सरकारको मातहत राख्ने निर्णय गरेको भारत सरकारले यस्तो थप कदम चालेको हो ।
यसैबीच भारतकोले जम्मू–कश्मीरसम्बन्धी आफ्नो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास थालेको छ । पाकिस्तानले त्यो निर्णयको विरोध गर्दै यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत उठाउने चेतावनी दिइरहेका बेला भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्राष्ट्रिय समुदायसँगको सम्वाद सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसअघि जम्मू कश्मीरमा थप ८ हजार सुरक्षाकर्मी पठाइएको छ । त्यसअघि नै दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
यसैबीच जम्मू कश्मीरका बारेमा टर्कीले आफूलाई सहयोग गर्ने भएको पाकिस्तानले दावी गरेको छ । भारतको कदमसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको टेलिफोन कुराकानीमा टर्कीका राष्ट्रपति रेशेप तैयब अर्दोगानले यो विषयमा पाकिस्तानको पक्षमा रहने बताएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पाकिस्तानले यस विषयमा संयुक्त राष्ट्रसंघका स्थायी सदस्य देशका साथै अरु देशको पनि समर्थन जुटाउने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एण्टेनियो गुटरेजलाई पत्र लेखेर पाकिस्तानी प्रधानमन्त्री खानले घटनाबारे तत्काल कदम चाल्न र खास अवस्थाबारे बुझ्न राष्ट्रसंघीय टोली जम्मू काश्मीर पठाउन पत्रमा माग गरिएको छ । फोटोः गुगल
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...















-1780-1781487498.jpg)

