२१ साउन, हेटौँडा । शासक र भाइ–भारदारको उपचार गराउने उद्देश्यले प्रताप मल्लको समयमा हनुमानढोकामा स्थापना गरिएको आयुर्वे्दिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानाको शाख पछिल्लो समय खस्कँदै गएको छ ।
कुनै समय आयुर्वेदिक औषधि उत्पादनमा निकै परिचित वैद्यखानाको व्यवस्थापन पक्ष फितलो हुँदा यसको अस्तित्वमा नै प्रश्न उठेको छ ।
तत्कालीन राजा त्रिभुवन शाहले सर्वसाधारणको पहुँचमा ल्याएको सिंहदरबार वैद्यखाना २०५१ सालदेखि विकास समितिमार्फत् सन्चालन हुँदै आएको थियो । आयुर्वेदिक उपचारमा एकछत्र राज गर्न सफल र निकै परिचित वैद्यखानाको व्यवस्थापन पक्ष २०६९ सम्म सबल नै थियो ।
कुनै समय १२५ थरिका औषधि उत्पादन गर्ने वैद्यखाना अहिले ७८ प्रकारका औषधि उत्पादनमा सीमित भएको छ । वैद्यखानाले आर्थिक वर्ष २०७४र७५ मा ६ करोड रुपैयाँ मूल्य बराबरको औषधि उत्पादन गरेको थियो ।
प्रबन्ध निर्देशक फेरबदलमा रुमल्लिँदा वैद्यखाना अस्तव्यस्त भएको छ । सेवा–सुविधामा कमी आएको जनगुनासो बढेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गत साउन १५ गते सिंहदरबार वैद्यखानाको निरीक्षण गरेका थिए ।
५० जनाको दरबन्दी रहेकोमा चारजनामात्र कर्मचारी देखेपछि उनले प्रबन्ध निर्देशक डा. वंशदीप खरेललाई सात दिनभित्र प्रगति विवरण र कार्ययोजना तयार गर्न निर्देशन दिएका थिए ।
तर, प्रबन्ध निर्देशक डा. खरेलले भने त्यसदिन पाँचजनामात्र कर्मचारी बिदामा बसेको र अरु सबै कर्मचारी काम गरिरहेको दाबी गर्छन् । वैद्यखानाको च्यवनप्रास, शीलाजित र तुलसी चिया उपभोक्तामाझ निकै लोकप्रिय छन् ।
हाल तीन करोड रुपैयाँसम्मको आयुर्वे्दिक औषधि उत्पादन गर्दै आएको दाबी गर्ने वैद्यखानालाई सरकारले वर्षे्नि अनुदानस्वरुप दुई करोड दिने गरेको छ ।
प्रबन्ध निर्देशक डा. खरेलले अबको केही दिनमा स्वास्थ्यमन्त्रीलाई आफ्नो कार्ययोजना बुझाउने र व्यवस्थितरुपमा चलाउने प्रतिबद्धता व्यक्त गरे ।
स्वदेशी जडीबुटीको उपयोग गर्दै आयुर्वे्दिक औषधि उत्पादन गर्ने संस्थालाई सरकार र कर्मचारीले बेवास्ता गर्दै जाने हो भने यसको अस्तित्व नै धरापमा पर्ने खतरा देखिन्छ । (साभारः इमेज खबर)
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















