Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप छनोट खेल्ने नेपाली प्रारम्भिक टोलीको घोषणा

Anfa-24102017091152-1000x-1565085889.jpg

२१ साउन, हेटौँडा । सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।
मुख्य प्रशिक्षक कालिनले कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ गरी पाँच जना खेलाडीहरुलाई टिमबाट बाहिर राखेका छन् ।
विश्वकप छनोटमा समूह ‘बी’ मा रहेको नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् ।
नेपालले छनोट अन्तर्गतको पहिलो खेल सेप्टेम्बर ५ मा कुवेतसँग होम गेम खेल्ने भएको छ । नेपालमा रहेको एकमात्र अन्तरराष्ट्रिय दशरथ रंगशालाको पुनर्निर्माण नसकिने होम र अवे दुबै खेल कुवेतमा खेल्ने भएको हो ।
नेपालले अवे खेल नोभेम्बर १९ कुवेतकै घरेलु मैदानमा खेल्नेछ ।
नेपाली प्रारम्भिक टोलीः
गोलरक्षकः किरण कुमार लिम्बु, एलन न्यौपाने, बिशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डरः विराज महर्जन, देवेन्द्र तामाङ, रवि सिलवाल, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजबंशी, बिमल पाण्डे, अजित भण्डारी
मिडफिल्डरः रवि पासवान, तेज तामाङ, त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, हेमन गुरुङ, सुभाष गुरुङ, सुनिल बल
स्ट्राइकरः नवयुग श्रेष्ठ, अभिषेक रिजाल, बिमल राना, भरत खवास, बिमल घर्ति मगर, अन्जन विष्ट

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार