Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘उत्पीडन कम गर्न उत्पादनमा जोडिनुपर्छ’

NayaSakti-1482843525.jpg

१२ पुस, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सहसंयोजक दूर्गा सोबले देशको समृद्धि र आत्मनिर्भरताको लागि उत्पादन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार हेटौंडामा भएको महिलाको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै केन्द्रीय सहसंयोजक सोबले हरेक घरको महिला कुनै न कुनै उत्पादनमा जोडिए उत्पीडन र हिंसामा समेत कमी आउने दाबी गरिन् ।

‘हरेक घरका कम्तीमा एक जना महिलाले पशुपालन, कृषि, घरेलु उत्पादनलगायतका काम गरी आर्थिक उत्पादन गर्न सके परनिर्भरता घट्छ,’ उनले भनिन् –‘पार्टीमा संगठित भएर भाषण गरेर मात्र अघि बढिँदैन, राजनीतिको साथमा आर्थिक रुपमा सबल हुने काम पनि गर्नुप¥यो ।’ महिलालाई सशक्त बनाउन पुरुषले समेत साथ दिनुपर्नेमा उनको जोड थियो । महिलाहरु घर र चुलोचौकोमा मात्र सीमित नभई राजनीतिको साथै आर्थिक आयआर्जनको काममा लाग्न आफ्नो पार्टीले महिलालाई प्रोत्साहित गरिरहेको सोबको भनाइ थियो । महिला शक्ति नेपाल मकवानपुरको आयोजनामा भएको ‘उत्पादन तथा आर्थिक योजना’ विषयक प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय केन्द्रीय कार्यकारिणी समितिकी सदस्य लिली थापाले हरेक हिसाबले उत्पीडनमा परेका महिलाको हितमा नयाँ शक्तिले  मात्र काम गर्ने दाबी गरिन् ।

केन्द्रीय परिषद् सदस्य लक्ष्मी शर्माले महिलाको कानूनी अधिकारबारे सचेतना गराएकी थिइन् । कार्यक्रममा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य तथा मकवानपुर उत्प्रेरक सबिना अर्याल, जिल्ला सहसंयोजक विवेक वाइबा, महिला शक्ति नेपालकी केन्द्रीय सदस्य पुनम भट्टराई खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्वतन्त्र रहेका तथा विभिन्न पार्टी परित्याग गरी ५२ जना महिला नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा मेनुका श्रेष्ठ, अभिता श्रेष्ठ, अन्जु पाठक, शान्ता कार्की, शर्मिला दोङ, भगवती मैनाली, डेली पाण्डे, सुन्दरी लामा, बिटु श्रेष्ठ, पुनम मोक्तान, तेजकुमारी थिङ, शर्मिला गुरुङलगायत रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार