Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

‘उत्पीडन कम गर्न उत्पादनमा जोडिनुपर्छ’

NayaSakti-1482843525.jpg

१२ पुस, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सहसंयोजक दूर्गा सोबले देशको समृद्धि र आत्मनिर्भरताको लागि उत्पादन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार हेटौंडामा भएको महिलाको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै केन्द्रीय सहसंयोजक सोबले हरेक घरको महिला कुनै न कुनै उत्पादनमा जोडिए उत्पीडन र हिंसामा समेत कमी आउने दाबी गरिन् ।

‘हरेक घरका कम्तीमा एक जना महिलाले पशुपालन, कृषि, घरेलु उत्पादनलगायतका काम गरी आर्थिक उत्पादन गर्न सके परनिर्भरता घट्छ,’ उनले भनिन् –‘पार्टीमा संगठित भएर भाषण गरेर मात्र अघि बढिँदैन, राजनीतिको साथमा आर्थिक रुपमा सबल हुने काम पनि गर्नुप¥यो ।’ महिलालाई सशक्त बनाउन पुरुषले समेत साथ दिनुपर्नेमा उनको जोड थियो । महिलाहरु घर र चुलोचौकोमा मात्र सीमित नभई राजनीतिको साथै आर्थिक आयआर्जनको काममा लाग्न आफ्नो पार्टीले महिलालाई प्रोत्साहित गरिरहेको सोबको भनाइ थियो । महिला शक्ति नेपाल मकवानपुरको आयोजनामा भएको ‘उत्पादन तथा आर्थिक योजना’ विषयक प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय केन्द्रीय कार्यकारिणी समितिकी सदस्य लिली थापाले हरेक हिसाबले उत्पीडनमा परेका महिलाको हितमा नयाँ शक्तिले  मात्र काम गर्ने दाबी गरिन् ।

केन्द्रीय परिषद् सदस्य लक्ष्मी शर्माले महिलाको कानूनी अधिकारबारे सचेतना गराएकी थिइन् । कार्यक्रममा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य तथा मकवानपुर उत्प्रेरक सबिना अर्याल, जिल्ला सहसंयोजक विवेक वाइबा, महिला शक्ति नेपालकी केन्द्रीय सदस्य पुनम भट्टराई खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्वतन्त्र रहेका तथा विभिन्न पार्टी परित्याग गरी ५२ जना महिला नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा मेनुका श्रेष्ठ, अभिता श्रेष्ठ, अन्जु पाठक, शान्ता कार्की, शर्मिला दोङ, भगवती मैनाली, डेली पाण्डे, सुन्दरी लामा, बिटु श्रेष्ठ, पुनम मोक्तान, तेजकुमारी थिङ, शर्मिला गुरुङलगायत रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार