Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विस्थापितलाई राहत उपलव्ध गराउने प्रदेश सरकारको निर्णय

Office-of-CM-n-Minister-1-1565108055.JPG

२१ साउन, हेटौंडा । ३ नम्बर प्रदेश विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । 
समितिका अध्यक्ष ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुवानमा परेर विस्थापित भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । 
अबिरल वर्षका कारण आएको बाढी, पहिरो, डुवान लगायतको घटनामा परि खाद्यान्न, लत्ताकपडालगायत घर पुर्ण रुपमा नष्ट भएका वा पुर्ण नष्ट नभए तापनि संभावित खतराबाट जोगीन अन्यत्र सर्नु पर्ने वा विस्थापित भई सुरक्षित स्थानमा नयाँ आश्रय स्थल निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रति परिवार १ लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिले राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई निर्देशन समेत दिएको छ । 
त्यस्तै बैठकले मकवानपुर, सिन्धुली, दोलखा र ललितपुर जिल्लाका बाढी पहिरो डुवान लगायत घटनाबाट अति प्रभावित स्थानिय तहहरु पहिचान गरि ती स्थानीय तहहरुमा भएको खानेपानी, सिंचाई, सडक, विद्यालयलगायतको भौतिक संरचनाको क्षति विवरण सम्बन्धीत जिल्ला विपद व्यवस्थापन समिति मार्फत माग गर्ने समेत निर्णय गरेको छ । 
साथै जिल्ला विपद व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा पुननिर्माणका लागि अधिकतम ५० लाखसम्म स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको कार्यकारी समितिका अध्यक्ष ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । बैठकले विपदको सामनामा गर्न सबै निकाय सामाजिक संघ संस्था, उद्योगी, व्यापारी एवम् सर्वसाधारणलाई सहयोगकालागि सार्वजनिक आव्हान गर्ने निर्णय समेत गरेको मन्त्री जम्कट्टेलले जानकारी दिए ।
कांग्रेसले केहि दिन अघि मूख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र बुझाएर विस्थापितहरुलाई एक लाख रुपैँया उपलव्ध गराउन र मृतक परिवारलाई ३ लाख उपलव्ध गराउन माग गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार